“ए राष्ट्घाती कति सुत्छस उठ” ……श्रीमती मुसुक्क हॉसिन मात्रै’

प्रतिनिधिसभाको हिजो बसेको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको प्रस्ताव पारित गर्न सभामा प्रस्तुत गर्र्नुभएको थियो । सो प्रस्तावलाई ध्वनिमतले पारित गरिएको हो ।

लामो बहस र विवादपछि उक्त सम्झौता पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले व्याख्यात्मक घोषणासमेत सदनबाट जारी भएको सुनाएका थिए । यसै विषयलाई लिएर कलाकार दिपक राज गिरीले आज सामाजिक सञ्जाल फेसबुक्कमा एउटा टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्ः ‘एमसीसी पास भएकोले होला, सवेरै मेरा राष्ट्रबादी बा रिसाउदै आएर मलाइ “ए राष्ट्घाती कति सुत्छस उठ” रे ब्याख्यात्मक पक्ष कि श्रीमती मुसुक्क हॉसिन मात्रै’

यस्तै गिरीले केही दिन अगाडि अर्को टिप्पणी लेखका थिए, जसमा एमसीसीसम्झौताबारे सडकबाट नभई सदनबाटै निर्णय गर्नुपर्ने समेत सुझाएका थिए ।

यो बिषयमा सडकले निर्णय गर्ने भए अरबौँ खर्च गरेर देशको ढुकुटी सकेर सांसद छनौट गर्नुको मतलब के ? भनेर समेत उनले प्रश्न उठाएका थिए । उनले उठाएको यो प्रश्नले सामाजिक संजालदेखि मिडियासम्म निकै चर्चा पाएको थियो ।

यो पनि

‘सरकार नै सधै संकटमा हुन्छ, जनतालाई कस्ले बचाउछ’: दीपकराज गिरी