४० वर्ष लामो फिल्म करियरमा पहिलो पटक फरक र चुनौती पुर्ण भुमिका निवार्ह गर्न पाँए: शिव श्रेष्ठ

आगामी शुक्रबारबाट अर्थात् फागुन २० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लप्पन छप्पन २’को निर्माण टिमले आइतबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । फिल्मको प्रदर्शन नजिकिएसँगै पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको निमार्ण टिमले जनकारी दिएको छ ।

फिल्मका मुख्य कलाकार सौगात मल्ल र अनुपविक्रम शाही लाखेको छायांकनको लागि मुस्ताङमा रहेकाले अनुपस्थीत थिए । कार्यक्रममा फिल्मका मुख्य अभिनेता अपर्ण थापा, शिव श्रेष्ठ र विशाल पहारी उपस्थीत कार्यक्रममा अभिनेता थापाले फिल्मबाट आफुले निकै अपेक्षा गरेको बताए ।

उनले कोरोना महामारी पश्चात यसरी कार्यक्रममा सहभागी भएर बोल्न पाउँदा खुशी लागेको सुनाए । फिल्म प्रदर्शनको लागि थोरै समय बाँकी रहेकाले पनि आफुहरु फिल्मलाई धेरै भन्दा धेरै दर्शकसम्म पुर्याउन लागि चुनौती रहेको अभिनेता थापाको बुझाई छ । फिल्म निकै राम्रो बनेकाले पनि दर्शकलाई निराश नबनाउने विश्वास अपर्णको छ । आफुले हरेक फिल्ममा केही फरक गर्ने भएकाले पनि दर्शकको माया पाएको भनाई छ ।

यस्तै निर्देशक मुकुन्द भट्ट ‘लप्पन छप्पन २’ पहिलो पार्ट भन्दा १० गुणा राम्रो बनेको दाबी गर्छन् । फिल्मको पहिलो भागले दर्शको राम्रो साथ पाएपनि आफु सन्तुष्ट नभएका कारण आफुने आफु र दर्शक दुवैलाई सन्तुष्ट बनाउन दोस्रो पार्ट निर्माण गरेको बताउँछन् । फिल्म देशमा अहिले चलिरहेको राजनितिक विषयसँग मिल्दो जुल्दो भएका कारण पनि दर्शकले नयाँपन पाउनुका साथै मनोरञ्जन पनि भरिपुर्ण पाउने उनको भनाई छ ।

फिल्ममा अभिनेता शिव श्रेष्ठ पहिलो पटक खराव राजनितिज्ञको भुमिकामा प्रस्तुत भएका छन् । उनले पत्रकारसँग बोल्दै आफ्नो ४० वर्ष लामो फिल्म करियरमा पहिलो पटक फरक र चुनौती पुर्ण भुमिका निवार्ह गर्ने अवसर दिएकोमा निर्माण टिम र निर्देशक मुकुन्द भट्टलाई धन्यवाद दिए । उनले अगाडी भने-‘फिल्ममा अभिनय गरेका सवै सुपरस्टार भएपनि आफु भने सामान्य कलाकार मात्रै भएको बताए । म ४० वर्षदेखि फिल्म क्षेत्रमा छु । अझैपनि मैले धेरै कुरा सिक्दै छु । यो फिल्मबाट पनि आफुले धेरै नयाँ कुरा सिक्न पाएको उल्लेख गरे । मैले सवैभन्दा धेरै आश गरेको फिल्म पनि ‘लप्पन छप्पन २’ नै हो ।’

नेपाल र विदेशमा छायांकन गरिएको फिल्ममा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको छ । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व।दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् । फिल्मको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । ‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषमा प्रदर्शन हुनेछ । फिल्ममा किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी छ । भने, हिमाल केसीसहित निर्देशक भट्ट र सिमोन तामाङको एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् ।

फिल्म निर्माणमा गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।

फिल्ममा समीर खरेल क्रियटिभ निर्माताको रुपमा रहेका छन् । भने, सह-निर्मातामा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् ।