अपडेट: पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

बलात्कारको जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ।

उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । तनहुँ प्रहरीले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।

नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए । उनलाई खोजे पनि प्रहरीले फेला पार्न सकेको थिए।

उनी सामाजिक सञ्जाल फेसबुकमा लेखेर प्रहरीसमक्ष आत्मसमर्पण गर्न भन्दै काठमाडौंबाट तनहुँतिर लागेका थिए। आत्मसमर्पण गर्न काठमाडौंबाट तनहुँ जाँदाजाँदै उनलाई बाटैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पल अहिले तनहुँ प्रहरी कार्यालयमा रहेको प्रहरीले जनाएको छ।

पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ ।

जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारवाही गरी कानूनबमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

पल शाहविरुद्धको अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेय सजाय हुनेछ ।