पल शाहलाई प्रहरीले मात्र होइन हलमा दर्शकले पनि खोजिरहेका छन्: सुदर्शन थापा
अभिनेता अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा उजुरी दिएदेखि अहिले प्रहरीको फरार सूचिमा छन् ।
प्रहरीले पलको खोजी तीब्र पारेको छ। उनलाई पक्राउ गर्नको लागि प्रहरी प्रधान कार्यालयले देशभरिका प्रहरीलाई सर्कुलेशन जारी गरेको छ ।
यस्तै शनिबार प्रहरीले पल अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई सोधपुछको लागि लगेको थियो। सामान्य सोधपुछपछि थापालाई प्रहरीले छोडेको छ। उनलाई एक टेलिभिजनको अन्तर्वार्ता दिएर फर्कने क्रममा टेलिभिजन परिसरबाटै निर्देशक थापालाई नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले गरेको सोधपुछपछि बाहिर निस्केका निर्देशक थापाले सञ्चारकर्मीसँग कुरा गर्दै पलसँग अन्तिम पटक भएको कुराकानीको बारेमा पनि बताएका छन्। ‘पललाई प्रहरीले मात्र होइन हलमा दर्शकले पनि उत्तिकै खोजिरहेका छन्।’
थापाले भने, पल शाहको प्रहरीले अहिले खोजी गरिरहेको छ । पल कता छ के गर्दै छ भन्ने सोध्पुछ भएको थियो । मैले मसँग सम्पर्क नभएको कुरा कसरी खबर छ भन्न सक्छु र हैन, त्यही कुराहरुको विषयमा कुरा भए प्रहरीको अनुमान सहि नै हो । म फिल्मको निमार्ता, निर्देशक हो, फिल्म चलिरहेको छ । म सँग के कस्तो छ भनेर खबर लिन सक्ने अनुमान सहि हो तर अबस्ता त्यस तो छैन तर मेरो फिल्मको प्रिमियर पछि कुनै कुरा नरहेको उनले बताए ।
उनले थप भनका छन्, ‘हामी फिल्मको प्रिमियर हुनुभन्दा अगाडि सँगै मेकअप गरेर बसिरहेका थियौँ। त्यति नै वेला पलविरुद्ध उजुरी परेको खबर आयो। पल प्रिमियरमा जान नसक्ने कुरा भयो त्यसपछि हामी प्रिमियरमा गयौँ।’
‘प्रिमियर सकिएको रात मलाई फोन आएको थियो। पलले स्पष्ट रुपमा भनेको थियो, फिल्म नरोक्नु फिल्म राम्रो हुन्छ।’ उनले भने, ‘मैले पललाई तिमी कहाँ छौ भनेर सोधेको पनि हो, म कतै छु दाइ, बिस्तारै आफ्ना कुराहरू पनि जनतासमक्ष राख्दै जानेछु भन्ने कुरा गर्यो। मैले जे गर्नु राम्रो डिसिजन गर्नु भनेँ। त्यसपछि मसँग सम्पर्क भएको छैन।’ प्रहरीले मात्र होइन हलमा दर्शकले पनि पललाई उत्तिकै खोजिरहेका छन्।
आफूले अनुसन्धानमा प्रहरीलाई सघाउने थापाले बताएका छन्। दोषी ठहरिए पलले सजाय पाउनुपर्ने पनि उनको भनाइ छ। म यस्तो गीत गाउँछु २ लाई दर्शकले उत्साहजनक रुपमा साथ दिएको पनि उनले बताएका छन्।
प्रतिक्रिया