प्रहरीको सामान्य सोधपुछपछि छाडिए निर्देशक थापा

निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले सामान्य सोधपुछपछि छाडेको छ । शनिबार नयाँ बानेश्वरबाट अभिनेता पल शाहको बारेमा सोधपुछ गर्नका लागि नियन्त्रणमा लिइएको निर्देशक थापालाई छाडिएको छ ।

अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहविरुद्ध १७ वर्षीया एक बालगायिकाले गत बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय तनहुँमा जबर्जस्ती करणीको मुद्धा दायर गरेपछि पल अहिले प्रहरीको फरार सूचिमा छन् ।

उनलाई पक्राउ गर्नको लागि प्रहरी प्रधान कार्यालयले देशभरिका प्रहरीलाई सर्कुलेशन जारी गरेको छ ।

उजुरी परेपछि शाहलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ । प्रहरीले फिल्म ‘म यस्तो गीत गाउँछु–२’ का निर्देशक थापालाई अभिनेता पलको बारेमा सोधपुछ गर्न तीनकुने स्थिति प्रहरी कार्यालय बोलाइएको थियो ।

टेलिभिजनमा अन्तर्वार्ता दिएर फर्कने क्रममा टेलिभिजन परिसरबाटै निर्देशक थापालाई नियन्त्रणमा लिइएको थियो । परिसरबाट निस्कीने क्रममा निर्देशक थापाले भने,  पल शाहको प्रहरीले अहिले खोजी गरिरहेको छ । पल कता छ के गर्दै छ भन्ने सोध्पुछ भएको थियो । मैले मसँग सम्पर्क नभएको कुरा कसरी खबर छ भन्न सक्छु र हैन, त्यही कुराहरुको विषयमा कुरा भए प्रहरीको अनुमान सहि नै हो । म फिल्मको निमार्ता, निर्देशक हो, फिल्म चलिरहेको छ । म सँग के कस्तो छ भनेर खबर लिन सक्ने अनुमान सहि हो तर अबस्ता त्यस तो छैन तर मेरो फिल्मको प्रिमियर पछि कुनै कुरा नरहेको उनले बताए ।