पलसँग सम्पर्कमा रहेका निर्देशक थापालाई तीनकुने प्रहरी चौकी लगियो
पल शाह प्रकरणमा सोधपुछका लागि भन्दै निर्देशक सुदर्शन थापालाई प्रहरी चौकी लगेको छ।
नाबालिगमाथि करणी गरेको गरेको आरोप फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न उनलाई प्रहरीले तीनकुने स्थिति प्रहरी कार्यालय लगिएको हो ।
‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक सुदर्शन थापालाई तीनकुनेस्थित प्रहरी चौकी लगिएको छ। प्राइम टेलिभिजनमा धमलाको हमाल कार्यक्रममा अन्तरवार्ता दिन पुगेका थापा अन्तरवार्ता दिइसके पछि प्ररहरीले सोधपुछका लागि भन्दै प्रहरी कार्यालय लगेको पत्रकार ऋषि धमलाले जानकारी दिए ।
नाबालिग बलात्कारको आरोप लागेका पल शाहसँग थापा निरन्तर फोन सम्पर्कमा बसेको र प्रहरीलाई यसबारे जानकारी नदिएको भन्दै उनलाई सामान्य सोधपुछका लागि महानगरीय प्रहरी वृत बानेश्वर लगिएको प्रहरी स्रोतले बताएको छ। शाह अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु–२ का निर्माता तथा निर्देशक हुन् थापा ।
जघन्य अपराधका आरोपीसँग निरन्तर सम्पर्कमा रहनु र प्रहरीलाई खबर नदिनु पनि कानूनअनुसार दण्डनीय मानिन्छ। यतिबेला निर्देशक थापाको फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पल अहिले प्रहरीको फरार सूचिमा छन् । उनलाई पक्राउ गर्नको लागि प्रहरी प्रधान कार्यालयले देशभरिका प्रहरीलाई सर्कुलेशन जारी गरेको छ ।
प्रतिक्रिया