पल शाह आफैंले पुष्टि गरिदिए आरोप !
बुधबार जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि अभिनेता पल शाहलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ ।
पलबिरुद्ध एक गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी थिइन् । उक्त उजुरीपरेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ पूर्जी जारी गरेर देशभरका प्रहरीलाई सर्कुलर गरेएको छ । उनलाई नाबालिगमाथि यौनजन्य अपराधको उजूरी परेपछि पक्राउ पर्ने डरले तीनदिन देखि पल फरार छन्। यद्यपि पल पक्राउ पर्न सकिरहेका छैनन् ।
पल भने काँही लुकेर विहिवार सामाजिक सञ्जालमा फेशबुकमा ६ वटा अडियो सार्वजनिक गर्दे थिए। पलले आफूले अपराध गरेको प्रमाणित भए कानूनी सजाय भोग्न तयार रहेको भन्दै सामाजिक सञ्जालमा फेसबुक स्टाटस लेखेका थिए । उनले आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै केही तथ्यहरुसमेत फेशबुकमा पेस गरेका छन् । जसमा पलले चार जना फसाउन लागेको भन्दै फेसबुकबाट अडियोसहित सार्वजनिक गरेका हुन् । ।
उनले त्यहाँ योजनाबद्ध रुपमा आफूलाई फसाएको बताउन खोजेका छन्। तर सार्वजनिक गरेका ती श्रव्य सामग्री ध्यान दिएर सुन्ने हो भने उनले आफैं आरोप पुष्टि गरेका छन्। जुन प्रहरीकालागि ती अडियो पलका बयान हुन्। दुईबीच शारीरिक सम्बन्ध भएको पक्का सबुत हुन्।
पलले आफूविरुद्ध उजुरी दिने गायिकालाई केही व्यक्तिले उकासेको बताएका छन् । केही अडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले गायिकालाई आफूविरुद्ध उकासेको पलले आरोप लगाएका छन् ।
नाबालिकालाई प्रयोग गरेर नियोजित ढंगले षडयन्त्र गरेको पलले उल्लेख गरेका छन् । अडियो सार्वजनिक गर्दै पलले सबै अडियो क्लिप सुनेर के ठीक र के बेठिक छुट्याउन उनले आग्रह समेत गरेका थिए ।
कानुनमा यहाँ को-को साथीले कसरी धोका दियो, कसले कसको काँधमा राखेर बन्दुक पड्कायो भन्नेले केही अर्थ राख्दैन। नाबालिगसँग सहमतिमै या जबर्जस्ती जसरी भए पनि पलको शारीरिक सम्बन्ध भयो या भएन भन्ने मात्र हेर्ने हो कानुनले हेर्ने भनेको, जसमा उनले राखेका अडियोहरुले हो भन्ने देखाउँछ।
आफुले भनेको कुरामा साथीको धोका र गद्धारीमा समर्थकहरुमा सदभावको भावना जाग्न सक्ला। तर यसको के अर्थमा कानुनले यसलाई प्रमाणका रुपमा लिन सक्छ। यो प्रकरणमा के, कसरी, कुन अवस्थामा, सहमति या जबर्जस्ती भन्ने नै हुन्न। नाबालिकासँग सम्बन्ध भयो या भएन मात्र हो अदालतले हेर्ने।
विशेषगरी पलको खोजीमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र महानगरीय अपराध महाशाखा लागी परेको छ । उजुरीपछि उनलाई प्रहरीले खोजी थालेको समाचारहरु बाहिरिएसँगै उनी आफू बस्दै आएको क्षेत्र शान्तिनगरमा छैनन् ।
प्रहरीका अनुसार यतिबेला उनको मोवाइल लोकशनको आधारमा उनको खोजी तीव्र पारिएको छ । सो क्रममा उनको अन्तिम मोवाइल लोकेशन कोटेश्वर र ग्वार्को बीचको क्षेत्र बालकुमारी भइको पाइएको छ । बालकुमारी नजिकै मनोहरा खोला नजिकबाट उनको मोवाइल स्वीच अफ गरिएकोले लोकेशन ट्रयाक हुननसकेको प्रहरीको भनाइ छ ।
उनले प्रयोग गर्दै आएको कुनैपनि मोवाइल नम्बर अन नभएको प्रहरीको भनाइ छ । ‘बुधबार राति साढे १० बजे बालकुमारी सम्म उनको मोवाइल अन छ । उक्त समयमा उनले मोवाइल अन गरेका थिए । त्यसयता उनको आफूले प्रयोग गर्दै आएको मोवाइल र नम्बर अफ राखेका छन्,’ प्रहरीले भन्यो ।
उनको खोजीका लागि मोवाइल लोकशन फलो गरेको भएपनि प्रहरीले उनलाई भेट्न सकिरहेको छैन ।
प्रतिक्रिया