एकैदिन अजितको ‘भलिमाई’ले एक अर्ब कमायो

तामिल सुपरस्टार अजित कुमार अभिनित तामिल भाषाको फिल्म ‘भलिमाई’ ले प्रदर्शन भएकै दिन एक अर्बको व्यापार गरेको छ । मिडिया रिपोर्ट अनुसार फिल्मले भारतमा ७६ करोड र भारत बाहिर २० करोडको व्यापार गरेको हो।

भारतमा गंगुबाई पनि प्रदर्शन भएको छ तर भलिमाई अगाडि देखिएको छ । भलिमाई तामिलनाडुको ६५० थिएटरमा लागेको छ । क्राइम सस्पेन्स कथामा बनेको फिल्ममा हुमा कुरैसीको समेत अभिनय रहेको छ ।

पछिल्लो समय भारतमा दक्षिण एसियाली फिल्मको व्यापार बढ्दो छ। यस अगाडि प्रदर्शन भएको फिल्म पुष्पाले तीन अर्बमाथिको व्यापार गरेको थियो।

शुक्रवार नेपालमा ‘म यस्तो गीत गाउँछु-२’, भलिमाई र गंगुबाई प्रदर्शन भएका छन् ।