नेपाली फिल्म प्रतिस्पर्धा गर्दै साउथ इन्डियन फिल्म ‘भलिमाई’ सँग

पल शाह र पुजा शर्माको अभिनय रहेको फिल्म ‘म यस्तो गीत गाउँछु-२’ तामिल सुपरस्टार अजित कुमार अभिनित ‘भालिमाई’ सँग प्रतिष्पर्धा गर्ने भएको छ। दुबै फिल्म शुक्रबार बाट प्रदर्शन हुँदैछ।

नेपालका फिल्महलमा दक्षिण भारतीय फिल्म नटुट्ने देखिएका छन् । यसअघि बलिउड र हलिउड फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने नेपाली फिल्मले अब भने दक्षिण भारतीय फिल्मसँग पनि भिड्नु पर्ने देखिएको छ ।

शुक्रबार नेपालमा यी दुबै फिल्मसँगै हिन्दी फिल्म ‘गंगुबाई’ पनि प्रदर्शन हुँदैछ। पछिल्लो समय नेपालमा हिन्दी फिल्मभन्दा साउथ इन्डियन फिल्मको क्रेज बढ्दो छ।

कोरोनाको तेस्रो लहरपछि बन्द भएको हल बल्ल खुलेको छ। हलमा दर्शक फर्काउन ब्रान्ड बनेको ‘म यस्तो गीत गाउँछु-२’ ले साउथ इन्डियन फिल्म र हिन्दी फिल्मलाई टक्कर दिने आश गरिए पनि फिल्म प्रदर्शन हुनु अगाडि अभिनेता पल शाह नाबालिका बलात्कारको केसमा परेकाले फिल्म संकटमा परेको छ।

भारतमै पछिल्लो समय साउथ इन्डियन फिल्मले क्रेज बढाइरहेको छ। हिन्दी फिल्म मेकर समेत पछिल्लो समय साउथ इन्डियन फिल्ममा लगानी गर्न थालेका छन्।

क्राइम थ्रिलर कथामा आधारित भालिमाई बोनी कपुरले निर्माण गरेका हुन्। प्रेम कथामा आधारित ‘म यस्तो गीत गाउँछु-२’ को निर्माता पुजा आफै हुन्। पलको कारण उनी संकटमा परेकी छिन्।

सँगै गंगुबाई पनि प्रदर्शन हुने भएपनि साउथ फिल्म भलिमाई हावी देखिन्छ। बोनी कपुर अनी अजित कुमारको क्रेजका कारण नेपाली बजार कता पल्टिन्छ भन्न सक्ने अवस्था देखिन्न।

यो शुक्रबार नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ले दक्षिण भारतीय फिल्म ‘भलिमाइ’, बलिउड फिल्म ‘गंगुबाइ काठियावाडी’ र हलिउड फिल्म ‘अनचार्टेड’सँग प्रतिस्पर्धा गर्दैछ ।