प्रहरीको ब्यानः जयनन्द लामाको टाउको भुइँमा जोतिएर मृत भेटिए

लोकगायक तथा कलाकार जयनन्द लामाको ६६ वर्षको उमेरमा निधन भएको छ। लामा आज बिहान भक्तपुरको मध्यपुरथिमी नगरपालिका १ लोकन्थली सचेत मार्ग बस्ने लामा बुधबार आफ्नै घर अगाडि मृत भेटिएका हुन् ।

मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए । ७ बजे बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा घरको गेटमा लामा मृत फेला परेका थिए ।

प्रहरीका अनुसार उनी फागुन ११ गते मंगलबार (हिजो) बेलुका ७ बजे बौद्धमा बैठक छ भनी घरबाट निस्केका थिए। उनी बुधबार बिहान घर अगाडि आफ्नै गाडीमा मृत भेटिएका हुन् ।

मारुती सुजुकी गाडीमा खुट्टा र तल भुईँमा शरीर तथा टाउको जोतिएको अवस्थामा बिहान ७ बजे आफन्तले लामालाई देखेका हुन् । घटनाबारे जानकारी पाए लगत्तै प्रहरी पुगेको थियो । लामो टाउकोमा चोट देखिएको छ।

उनी गाडीबाट निस्कने क्रममा लडेर मृत्यु भएको हुन सक्ने अनुमान छ । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । लामाको शव अहिले प्रहरीको निगरानीमा घरमै छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेका अनुसार घटनाको थप अनुसन्धान भइरहेको बताए ।

उहाँका चुइँ चुइँ चुइँकने जुत्ता, उहिले त नब्बे साल, भोलि यतिखेर, हेर्दा राम्रो, मुलाको चाना, सलल पानी, कलकत्ते काइँयो लगायत थुप्रै लोकगीत चर्चित छन् ।