यापर लाउरे धरौटीमा रिहा

र्यापर आशिष राना ‘लाउरे’ ५० हजार धरौटीमा रिहा भएका छन् । उनी लागुऔषध मुद्धामा पुस १४ गते राति पक्राउ परेका थिए ।
लाउरेसहित चारजनालाई पुस १४ गते राति ७ बजे पोखरा महानगरपालिका–८स्थित जाल्पारोडबाट पक्राउ परेका थिए ।
लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनी कास्की जिल्ला अदालतको आदेशअनुसार ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् ।

न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासको आदेशअनुसार उनी धरौटीमा रिहा भएका हुन् ।

तर सोही इजलासले उनीसँगै पक्राउ परेका तीन जनालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ ।