निर्देशक प्रकाश धितालको रोजाईमा पर्न सफल पन्ध्र भिडियो

नेपाली गीतसंगीतमा सुनेको नाम हो -प्रकाश धिताल।

यतिबेला प्रकाश धिताल नेपाली सांगीतिक क्षेत्रमा म्यूजिक भिडियो निर्देशनमा एकपछि अर्को सफलता हात पार्दै अघि बढिरहेका छन् । सफल म्युजिक भिडियो निर्देशकका रुपमा स्थापित गर्न संघर्सरत धितालले निर्देशन गरेका म्यूजिक भिडियो हेर्दा उनले निर्देशन कर्ममा निकै नै मेहनत गरिएको देख्न सकिन्छ ।

सांगीतिक क्षेत्रमा एकपछि अर्को सफलता हात पार्दै अघि बढेका धिताल २०६७ सालमा काठमाडौँ आइ लामो समय देखि सञ्चार क्षेत्रमा काम गर्दै म्यूजिक भिडियो निर्देशनमा औपचारिक रूपमा २०७३ साल देखि प्रवेश गरेका हुन् । २०६४ साल देखि नै निर्देशन, कलाकारिता र मिडियामा १३ वर्ष निरन्तर लागिरहेका छन् ।

लामो समय देखि नेपालि गीत संगीत अनि म्यूजिक भिडियो क्षेत्रमा क्रियासिल रहेर निर्देशक धितालद्वारा निर्देशित पहिलो म्युजिक भिडियो “बिर्सु भन्छु तिम्रो याद” रहेको थियो । जसमा स्वर्गिय गायक अमृत भण्डारीको आवाज रहेको थियो भए स्वर्गिय भण्डारीले नै उनलाई पहिलो चाम्स दिएका थिए निर्देशनमा । २७० प्लस म्युजीक भिडियो निर्देशन गरेका प्रकाश धिताल कहिले पनि चर्चामा आउन नखोज्ने तर भिडियो निर्माणमा अब्बल निर्देशक हुन् ।

अहिले सम्म उनले योङ माइन्ड एवार्डको दोस्रो संस्करणमा सर्बोउत्कृष्ट म्युजीक भिडियो निर्देशक सुगम संगीत तर्फ “गुडी जाने रेल” बाट उत्कृष्ट भिडियो निर्देशकको अवार्ड हात पारिसकेका छन् भने यस्तै प्रभु पे म्युजीक खबर म्युजिक खबर ८ औं संस्करणमा पनि सर्बोउत्कृष्ट म्युजीक भिडियो निर्देशक सुगम संगीत तर्फ “म निदायसी आयौँ” बाट उत्कृष्ट भिडियो निर्देशकको अवार्ड हात पारिसकेका छन भने थुप्रै अवार्ड हरुको नोमिनेशनमा पारिसकेका छन् ।

दर्शकरस्रोताले आफ्नो निर्देशनलाई मन पराइदिएको आत्मविश्वास धिताललाई छ।

फुर्सदको समयमा मेरो फिल्मसंग कुराकानी गर्दै उनले आफु निर्देशित आफुलाई नै राम्रो लाग्ने १५ गीतको विषयमा बताएका छन् । हेरौ धितालकै प्रिय १५ भिडियो जुन उनी स्वयम् निर्देशित हुन्  ।

१. पहिलो यो माया
भोइस नेपालको पहिलाे सिजन बाट चर्चामा आएका गायक सुशील गर्तौलाको आवाज,धन बहादुर गोपाली अनि श्रि केसीको शब्द/संगीत सँगै शेखर सुवेदी र समीक्षा पोख्रेलको अभिनय रहेको छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन अनि सन्तोष राजबाहकको कोरियोग्राफी छ ।

२. १६ सालैमा
अच्युत बस्नेत अनि समीक्षा अधिकारीको स्वर कृष्ण भारद्वाज र शुशिल पौडेलको शब्द सँगै कृष्ण भारद्वाजको संगीत रहेको छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन अनि सन्तोष राजबाहकको कोरियोग्राफी छ । भिडियोमा गायीका समीक्षा अधिकारी अनि शिशिर भण्डारी रहेका छन् ।

३. पिरमको बाढी
वीरेन्द्र श्रेष्ठ अनि अन्जु पन्तको आवाजमा रहेको गीतमा दीपक शर्माको शब्द सङ्गीत अनि भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन अनि सन्तोष राजबाहकको कोरियोग्राफी छ । भिडियोमा दिलीप रायमाझी र केकी अधिकारी रहेका छन् ।

४. गुडी जाने रेल
विशाल गौतमको शब्द संगीत अनि स्वर रहेको छ । भिडियोमा उत्सव दाहालको छायांकन, निशान घिमिरेकोको सम्पादन रहेको छ । भिडीयोमा जीवन भट्टराई अनि सम्पदा बानियाँ रहेका छन् ।

५. दिलैमा
प्रवीण भेटवालको स्वर, अमृत खड्काको शब्द अनि अर्जुन पोख्रेलको संगीत रहेको छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन अनि केशव राज भट्को कोरियोग्राफी छ । भिडियोमा पल शाह र याङ्शु श्रेष्ठ रहेका छन् ।

६. मन्द मन्द 
प्रताप दास अनि बेनिशा पौडेलको स्वर, पुरण धमलाको शब्द अनि दीपक शर्माको सङ्गीत रहेको छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन अनि केशव राज भट्टको कोरियोग्राफी छ । भिडीयोमा पल शाह र गरिमा शर्मा रहेका छन् ।

७. बोल्ने कोही छैन्
गायक शिशिर योगीको आवाजअनि सङ्गीत, अर्जुन पराजुलीको शब्द रहेको छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन रहेको छ । भिडियोमा शिशिर योगी स्वयम् आफै अनि रश्मि भट्ट रहेकी छिन् ।

८. चिनि अमिलो
लोक राज अधिकारकाे शब्द, सुजाता केसी र आलिफ खानाको स्वर रहेको छ । भिडियोमा अजय रेग्मीको छायांकन, विकास दाहालको सम्पादन अनि सन्तोष राजबाहकको कोरियोग्राफी छ । भिडियोमा सुधीर श्रेष्ठ र गीता ढुंगाना रहेकी छिन् ।

९. तिम्रो याद
विरेन रसाइलीको स्वर,दिलीप धिमिरेको शब्द अनि सिडी विजय अधिकारीको संगीत रहेको छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन अनि सन्तोष राजबाहकको कोरियोग्राफी छ । भिडीयोमा जीवन भट्टराई, अञ्जना दुवाडी अनि अमिषा सुवेदी छिन ।

१०. बालै भएन
लोक राज अधिकारीको शब्दमा कर्म ग्याल्छेन अनि समीक्षा अधिकारीको स्वर सँगै दिपक राज विश्वकर्माको संगीत तथा संगीत संयोजन रहेको छ । भिडियोमा अजय रेग्मीको छायांकन, मिलन विश्वकर्माको सम्पादन अनि सन्तोष राजबाहकको कोरियोग्राफी छ । भिडीयोमा दुर्गेश थापा र चाँदनी रहेकि छन् ।

११. भन्नु हुन्थ्यो बाले
राजेन्द्र बुढाथोकीको स्वर, लोक राज अधिकारीको शब्द अनि अर्जुन पोखरेलको संगीत । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । भिडियोमा आकाश अधिकारी, संगम भण्डारी, जेलसन अधिकारी रहेका छन् ।

१२. एउटा कथा हो जिन्दगी
नरेन्द्र प्यासीकाे स्वर र संगीत, कुमार मिश्रको शब्द रहेको छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन रहेको छ । भिडियोमा विकाश लामिछाने र प्रिया न्याैपाने छिन ।

१३. कहीले पनि नबोलेको
उदित नारायण झाको स्वर, नारायण गौतमको शब्द अनि राज शुक्र लिम्बुको संगीत रहेको छ ।
भिडियोमा उत्सव दाहालको छायांकन, निशान घिमिरेकोको सम्पादन छ । भिडियोमा वर्षा शिवाकोटी र मनिष राउत रहेका छन् ।

१४. तिम्रो नजरको शासन
एम लामाको स्वर, सुरेश अधिकारीको संगीत अनि रावतको शब्द रहेको छ ।भिडियोमा उत्सव दाहालको छायांकन, निशान घिमिरेकोको सम्पादन छ । भिडियोमा वर्षा शिवाकोटी अनि राजेश रहेका छन् ।

१५. माया जालैमा
नारायण थापा र समीक्षा अधिकारीको स्वर , मुकुन्द कोइरालाको शब्द अनि दिपक राज विश्वकर्माको संगीत तथा संगीत संयोजन रहेको छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन अनि केशव राज भट्टको कोरियोग्राफी छ । भिडीयोमा सुधीर श्रेष्ठ, पुरु सिग्देल अनि स्मारिका समारीका ढकाल रहेका छन् ।