पहिलोपटक अनमोल र सारा एक साथ काम गर्दै

दिवाकर भट्टराईको निर्देशनमा बन्न्न लागेको फिल्मर ‘हनी बनी’लाई प्रेमकथामा निर्माण गरिने निर्माणपक्षले बताएको छ ।

फिल्म ‘हनी बनी’मा अभिनेताको रुपमा अनमोल केसी अनुबन्धित भइसकेपछि अभिनेत्रीको हुने भन्ने आम दर्शकलाई कैतुहल्ता रहदै आएको थियो ।

फिल्ममा अनमोल अनुबन्धित भएपछि सारा सिर्पाली अनुबन्धित भएकी छन् । यो फिल्ममा अनमोल र साराले पहिलोपटक काम गर्न लागेका हुन् ।

सारालाई फिल्ममा अनुबन्ध गरेको निर्देशक भट्टराईले जानकारी दिएका छन् ।

फिल्मको कथाबस्तुअनुसार उनी पूर्ण रुपमा फिट हुने भएपछि उनलाई फिल्ममा भित्र्याइएको भट्टराईले बताए । सारालाई अभिनेत्री दीपिका प्रसाईंले नै कामका लागि अफर गरेकी थिइन् । दिवाकरले साराको भूमिकाको विषयमा भने, ‘मलाई यो फिल्ममा अभिनय गर्ने नायिका चाहिएको हो । विदेशमा बस्ने नेपाली युवतीको भूमिकामा सारा देखिंदैछिन् ।’

‘हनी बनी’को छायांकन मार्चबाट सुरु हुने बताइएको छ । फिल्मलाई युरोपका विभिन्न देशमा छायांकन गरिने निर्देशक भट्टराईले बताएका छन् भने, यो फिल्मको प्रदर्शन मिति समेत तय भइसकेको छ । फिल्म आगामी असोज १४ गते प्रदर्शन गर्ने निर्माणपक्षको योजना छ ।