निर्देशक रेशराज आचार्यको निधन

निर्देशक रेशराज आचार्यको निधन भएको छ ।

दर्जन बढी नेपाली फिल्म निर्देशन गरेका आचार्यको हृदयाघातका कारण निधन भएको जनाइएको छ । ६३ वर्षीय आचार्यलाई हृदयाघात भएपछि ओम अस्पतालमा लगिएको तर यहाँ लगेको आधा घन्टामा नै उनको निधन भएको हो।

आचार्यले ‘मायालु’ फिल्मबाट कलाकारको रुपमा नेपाली सिनेमामा प्रवेश गरेका थिए, भने ‘तिलहरी’ फिल्मबाट निर्देशन यात्रा थालेका थिए । बन्नी प्रधान र आचार्यले एक साथ ‘तिलहरी’को निर्देशन गरेका थिए ।

त्यसयता उनले ‘टुहुरो’, ‘आमा’, ‘बन्धन’, ‘धर्मसंकट’, ‘माटो बोल्छ’ लगायतका १५ फिल्ममा निर्देशन गरेका छन् । विराटनगर मुल घर भएका आचार्यले गोपीकृष्ण मुभिजको ब्यानरका धेरै फिल्म गरेका छन् । निर्माता निर्देशक निरक पौडेल उनका सहोदर भान्जा हुन् । उनको बिहीबार नै आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आचार्यका एक छोरा र श्रीमती छन् ।