‘सरकार नै सधै संकटमा हुन्छ, जनतालाई कस्ले बचाउछ’: दीपकराज गिरी

अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा प्राय जसो समसामयिक विषयमा विभिन्न टिका टिप्पणी गरिरहेका हुन्छन् ।

यस्तैमा गिरीले आज सामाजिक सञ्जाल फेसबुक्कमा अर्को एउटा टिप्पणी गरेका छन् । गिरीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण सरकार संकटमा परेको बिषयमा टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्ः ‘जुन देशको जनता संकटमा हुन्छ, त्यो देशको सरकार ले बचाउछ ! तर जुन देशको सरकार नै सधै संकटमा हुन्छ, त्यो देशको जनतालाइ कस्ले बचाउछ…. हरे शिब !’

यस्तै गिरीले केही दिन अगाडि लेखका थिए (एमसीसी) सम्झौताबारे सडकबाट नभई सदनबाटै निर्णय गर्नुपर्ने समेत उनले सुझाएका थिए ।

यो बिषयमा सडकले निर्णय गर्ने भए अरबौँ खर्च गरेर देशको ढुकुटी सकेर सांसद छनौट गर्नुको मतलब के ? भनेर समेत उनले प्रश्न उठाएका थिए । उनले उठाएको यो प्रश्नले सामाजिक संजालदेखि मिडियासम्म निकै चर्चा पाएको थियो ।