प्रसिद्ध गायक तथा संगीतकार बप्पी लाहिरी निधन

भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लाहिरी निधन भएकाे छ ।

आज बिहान मुम्बई अस्पतालमा लाहिरी ६९ वर्षको उमेरमा निधन भएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

लाहिरीले १९७०–८० को दशकमा भारतीय फिल्ममा डिस्को थिमका धेरै चर्चित गीतमा संगीत भरेका थिए। ‘चलते चलते’, ‘डिस्को डान्सर’ जस्ता लोकप्रिय फिल्ममा उनले संगीत दिएका छन्। उनले पछिल्लोपटक सन् २०२० मा आएको हिन्दी फिल्म बागी–३ को गीतका लागि संगीत सिर्जना गरेका थिए।

लहरीको जन्म सन् १९५२ को २७ नोभेम्बरमा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो। उनको नाम आलोकेश ‘बप्पी’ लहरी थियो। उनले फिल्मका लागि बप्पी लहरी नाम चयन गरे।

उनका मातापिता अपरेश लहरी र बंसारी लहरी बांग्ला गायक तथा शास्त्रीय संगीतकार थिए। बप्पीले तीन वर्ष हुँदा नै तबला बजाउन सुरु गरेका थिए।