कृष्ण मल्ललाई लिएर नयाँ फिल्म बनाउदै शम्भुजित बास्कोटा
शम्भुजित बास्कोटाले कलाकार तथा निर्देशक कृष्ण मल्ललाई लिएर नयाँ फिल्म बनाउने भएका छन् । बाँस्कोटाले करिब तीन वर्ष अघि फिल्म चौका दाउ निमार्ण गरेका थिए, उक्त फिल्मले नेपाली बक्स अफिसमा भने खासै राम्रो व्यपार गर्न सकेको थिएन ।
यस्तै, अब उनी अर्को नयाँ फिल्म निमार्ण गर्ने तयारीमा रहेको बुझिएको छ । जसमा उनले कृष्ण मल्ललाई लिएर निर्देशन गर्ने तयारीमा रहेका छन् ।
वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा नेपाली सांगीतिक क्षेत्रका एक पर्याय नै हुन् । बाँस्कोटा गीतकार, संगीतकार मौलिक स्वर भएका गायकका रुपमा चिनिनछन् । उनका गीत–संगीत अधिकांश हिट छन् ।
बास्कोटाले ३ हजार बढी गीतलाई संगीतबद्ध गरेका छन् भने २ सय ५० भन्दा बढी फिल्ममा पाश्र्व संगीतकारको भूमिका निर्वाह गरिसकेका छन् । बाँस्कोटाको सम्झना विर्सना, चट्ट रुमाल, अब चोटहरुले, रातो टिका निधारमा लगायतका गीत आज पनि उत्तिकै चर्चित छन् ।
शम्भुजित बास्कोटाले मेरो फिल्मसँगको कुराकानीमा भने ‘दोस्रो फिल्म बनाउन लागेको हो । एक चरणको काम भैसक्यो छ । कृष्ण मल्ललाई स्टोरीलाइन दिएर निर्देशनको जिम्मा दिएको छु, त्यस अनुरुपको अरु काम भई रहेको जानकारी दिएका छन्’ ।
प्रतिक्रिया