दुर्गमको कथा झल्काउने “नुनको भारी” राज्यले नदेखेकाे सुदुरकाे कारुणिक यथार्थ

कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्ला भौगोलिक हिसाबले नेपालको अति दुर्गम क्षेत्र हो ।

हुम्लामा मोटर पुग्न सकेको छैन ।  राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको नेपालको एक मात्र यस जिल्लामा उपलब्ध श्रोत साधनलाई प्रभावकारी ढंगले उपयोग गर्न सकिएको खण्डमा यस क्षेत्रको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।

भौगोलिक रुपमा बिकट जिल्ला हुम्लाको कथालाई समेटेर गायक बादल थापा मगरको स्वर तथा संगीतमा ‘नुनको भारी’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

दुर्गम गाँउको बास्तबिकता चित्रण गरिएको नुनुको भारी नामक भिडियोमा त्यहाँको बस्तुस्थिती सहज चित्रण गरिएको अनुमान गर्न सकिन्छ। हुम्लाका जनताको आवाज बोल्ने भिडियोमा त्यहाँका जनताको दुःख पीडालाई यथार्थ रुपले प्रस्तुत गर्न खोजिएको छ।

लेखराज गिरीको शब्द रचना रहेको गीतले हुम्लाका जनताको यथार्थ बोकेको छ । नेपाल सरकारको ध्यान त्यहाँका जनताको दुःख पीडामा पनि पुग्न सकोस् भन्ने उद्देश्यले यो भिडियो निर्माण गरिएको निर्माण टिमले बताएको छ ।

विनय पौडेलको निर्देशनमा बनेको भिडियोले कर्णाली बासीको दुःख बोकेको छ । भीमसेन कल्याल ठकुरीले छायाँकन गरेको भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन् । लक्ष्मण देवकोटा र सरस्वती खत्रीको जिवन्त अभिनय रहेको भिडियो गायक बादल थापाको आफ्नै यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।