पुनः प्रदर्शनमा नेपाली दई फिल्म, मल्टिप्लेक्सले सुखद शो दिए
आजदेखि फिल्म ‘चपली हाइट ३’ पुनः प्रदर्शनमा आएको छ। सरकारले फागुन १ बाट हल खोल्ने निर्णय गरेसँगै यो फिल्म पुनः प्रदर्शनमा आएको हो ।
ओमिक्रोन देखा परे पछि सरकारले माघ पहिलो साता देखी सिनेमाहल लगायतका सार्वजनिक स्थानमा भीडभाड कम गर्ने उदेश्यसहित बन्द गर्ने निर्णय गरेको थियो । ‘चपली हाइट ३’ लामो गलफत्तीपछि पुस ३० मा प्रदर्शन हुँदाहुँदै हलहरू बन्द गर्ने निर्णयका कारण स्थगित भएको थियो । ‘चपली हाइट ३’ हलमा दुई दिन के चलेको थियो तेस्रो दिनदेखि सरकारले हल नै बन्द गर्ने निर्णय गर्यो । कोभिड -१९को तेस्रो लहर ओम्रिकोन संक्रमित संख्या ह्वात्तै बढेपछि सरकारले भिडभाड हुने ठाउँसँगै सिनेमा हल पनि बन्द गर्ने निर्णय गरेको थियो ।
‘चपली हाइट ३’ सँगै यसको दुई हप्ता अघि प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ पनि प्रदर्शनमा आएको छ । देशभरका सबै मल्टिप्लेक्सले फिल्मको बुकिङ खुल्ला गराइसकेका छन् ।
‘फिल्म चपली हाइट ३’लाई देशभरका मल्टिप्लेक्सले सुखद शो दिएका छन् । देशकै ठूलो क्यूएफएक्स चेनले यो फिल्मलाई ११ शो उपलब्ध गराएको छ, भने फिल्म ‘कठपुतली’ लाई १३ शो दिएको छ। यस्तै बिग मूभिजले ‘चपली हाइटलाई ३’ ३ शो दिएको छ भने ‘कठपुतली’लाई २ शो दिएको छ । वान सिनेमाजले पनि ३ शो र कठपुतलीलाई २ उपलब्ध गाएको छ । यस्तै वीएसआर २-२ शो पाएका छन्, एफक्युबमा भने तीन-तीन शो पाएका छन् ।
थ्रिलर विधाको ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, सुपुष्पा भट्, अर्पना थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ । फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
भिमसेन लामाले ‘कठपुतली’ निर्देशन गरेका हुन् । यो हरर कथामा निर्माण भएको फिल्ममा दरबारभित्रको कथा छ ।
यो फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया