बलिउड अभिनेत्री जान्हवीलाई पहिरनले बारम्बार साथ नदिएपछि…
बलिउड अभिनेत्री जान्हवी कपुरले फिल्म जगतमा विस्तारै आफ्नो छुट्टै स्थान बनाइरहेकी छिन्। पछिल्लो समय जान्हवी सामाजिक सञ्जालमा भाइरल समेत भइरहेकी हुन्छिन् । त्यसोत अभिनेत्री जान्हवीलाई ट्रेन्डी हुन बढी मनपर्छ । उनी सोही कारण कहिले काँही ‘उप्स’ मोमेन्टको शिकार पनि बन्दै आएकी छिन् ।
विषेश गरी जान्हवी कपूर आफ्नो विशेष ड्रेसिङ स्टाइलका लागि चिनिन्छन् । कयौं मानिसहरु उनको स्टाइललाई फलो समेत गर्ने गरेका छन् । तर, स्टाइलिश हुदाँ उनलाई कहिले काँही भारी पर्ने गरेको छ । यसैबीच जान्हवी ‘स्टार भर्सेस फूड’मा पुगेकी थिइन् । त्याहाँ जान्हवीले पिंक कलरको जम्पसूट लगाएकी थिइन्, जुन स्किन टाइट थियो । उक्त पहिरनले जान्हवीलाई निकै राम्रो सुहाएको पनि थियो । जान्हवीको उक्त जम्पसूटले सबैको ध्यान तानेको थियो ।
‘स्टार भर्सेस फूड’ शोमा पुगेकी जाह्नवीले खाना बनाउनु पर्ने थियो । सोही क्रममा उनी आफूले रोजेको ड्रेसमा निकै असहज देखिएकी थिइन् । उनको अफ शोल्डर जम्पसूट उनलाई भारी समस्या बन्यो । उनको पहिरनको घाँटी बारम्बार खसिरह्यो र अभिनेत्रीले बारम्बार सम्हालिरहिन् ।
जान्हवी कामको कुरा गर्दा चाँडै सिद्धार्थ सेन गुप्ताको निर्देशनमा बन्ने फिल्म ‘गुड लक जेरी’ मा देखिनेछिन् । यो कमेडी ड्रामा फिल्म हो । यो फिल्मलाई आनन्द एल राईले निर्माण गरेका हुन् । यसबाहेक उनी करण जोहरको फिल्म ‘दोस्ताना २’ मा पनि देखिने भएकी छन् ।
प्रतिक्रिया