फिल्म ‘डमरुको डण्डिबियो’ युट्युबमा सार्वजनिक (भिडियो)

नेपाली फिल्म ‘डमरुको डण्डिबियो’ युट्युबमा सार्वजनिक भएको छ। यो फिल्म ‘डमरुको डण्डिबियो’ सन् २०१८ मा फिल्महलमा लागेको थियो।

यो फिल्मलाई स्वर्गीय छेतेन गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, वुद्धि तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

केहि बर्ष अघिसम्म नेपालको राष्ट्रिय खेलको रुपमा रहेको डण्डिबियो खेल अहिले हराउँदै गएको छ । सरकारले भलिबलाई ‘राष्ट्रिय खेल’को रुपमा घोषणा गरेपछि त झनै डण्डिबियो खेल ओझेलमा परेको छ ।

फिल्ममा नेपालको मौलिक खेल डण्डिबियोसँग जोडिएको कथा समेटिएको छ। फिल्ममा डमरु (खगेन्द्र लामिछाने)ले पुरानो खेल डण्डिबियोलाई पुनर्जन्म दिन गरेको संघर्ष फिल्ममा देखाइएको छ।

फिल्लमा खगेन्द्रसँगै मेनुका प्रधान मालाको भूमिकामा छिन्। त्यस्तै, बुद्धि तामाङ्ग ‘मुखिया’, अनुप बराल ‘योगेन्द्र’, लक्ष्मी बर्देवा ‘निर्मला’, आशान्त शर्मा ‘काशिराम’को भूमिकामा देखिएका छन्।

शुक्रबार युट्युबमा सार्वजनिक भएको फिल्म अहिले युट्युबको ट्रेण्डिङ १६ मा पुग्न सफल भएको छ। फिल्मलाई छेतन गुरुङले निर्देशन गरेका हुन्। फिल्म खगेन्द्रकै लेखन, हरि हुमागाँइको छायांकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन छ ।