बहुप्रतिक्षीत फिल्म ‘आरआरआर’को दुई प्रदर्शन मिति तय
बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौली निर्देशित बहुप्रतिक्षीत फिल्म ‘आरआरआर’ कोरोना महामारीको तेस्रो लहरका कारण गत जनवरी ७ मा रिलिज हुन सकेन । यसबीच, फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । तर,फिल्मका लागि एक नभइ दुईवटा प्रदर्शन मिति तय गरिएको छ ।
कोरोना महामारीको अवस्था सामान्य भएर सबै राज्यका हलहरु शतप्रतिशत क्षमतामा खुले ‘आरआरआर’ १८ मार्च २०२२ मा रिलिज हुनेछ । अन्यथा फिल्मलाई २८ अप्रिल २०२२ मा रिलिज गर्ने निर्माताको तयारी छ । कोरोना महामारीका कारण निर्माताले ब्याकअप प्लान गर्दै फिल्मको दुईवटा मिति तय गरेका हुन् । पहिलो पटक कुनै फिल्मको दुईवटा रिलिज डेट घोषणा भएको हो ।
‘आरआरआर’ भारतीय फिल्म इतिहासको सबैभन्दा महंगो बजेटमा बनेको फिल्म हो । फिल्ममा ४ सय ५० करोडभन्दा बढीको लगानी छ । फिल्ममा साउथ सुपरस्टार राम चरण र एनटीआर जूनियरका अलावा बलिउडको प्रतिनिधित्व गर्दै अजय देवगन र आलिया भट्टले अभिनय गरेका छन् । तेलुगू फ्रिडम फाइटर अल्लूरी सीताराम राज र कोमाराम भीममाथि फिल्म आधारित छ ।
प्रतिक्रिया