समिक्षाको स्टाटस् कस्लाई ?

गायिका समिक्षा अधिकारीले आफ्नो सामाजिक सञ्जालमा नारी शक्तिलाई कमजोर न सोचन, नठान्न् भनेर हालेको चेतावनी पूर्ण स्टाटस् हालेको कुरामा विभिनन खाले अडकल् बाजी सुरुहुन थालेका छन् ।

उनले हालेको स्टाटस् कस्का लागि हालिन् यो कुरा कस्कालाई भनेको हो, कुनै कुरा खुलाइएको छैन समिक्षाले हालेको स्टाटस् नै यस्तो छ:  यदि कसैले नारिलाइ कमजोर सोचेर उस्को बिस्वास र भावना माथि खेल्यो भने उस्ले नारिको शक्ति को सामना गर्न सक्दैन त्यसैले नारिलाइ कम्जोर नसोच्दा पनि हुन्छ नारि दुर्गा को रुपमा माया ममता दिन सक्छिन् भने परेको खण्डमा महाकाली जस्तो रूप लिएर सर्बनास पनि गर्न सक्छिन् ।

समिक्षाले चेतावनी दिदै लेखे पछि विभिन्न अडकलबाजि गर्नेहरुलाई नायक पल शाहलाई नै हो भनेको यस्तो भनेर भन्न थालीसकेका छन् । पल र समीक्षा केही समययता उनीहरूबीचको अन्तरंग सम्बन्धबारे फिल्मनगरीमा चर्चा चल्न थालेपछि यी दुई केही समयदेखि मिडियासँग समेत साक्षात्कार गर्न डराइरहनु डारइ राखेका थिए ।

समीक्षा र पलको ‘प्रेम प्रकरण’ बारे चियोचर्चो सुरू भए पनि यो चियागफमै सीमित थियो । यसबारे पूर्ण जानकार कोही थिएनन्। तर यकिनका साथ भन्ने पनि कोही थिएनन् । यो विषयमा बोल्न उनीहरू तर्किए पनि अन्ततः बोल्न सुरुभएको थियो ।

निकै चर्चामा रहेका यी दुईको सम्बन्धको विषयमा गसिप र समाचार आउन थालेपछि समीक्षा र पलले सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्धलाई प्रस्ट्याउन थालेका थिए । अहिले आएर अडकल बाजि गर्नेहरुले पल सँग फेरी सम्बन्ध बिग्रीएछ अनि हालेको हो भनेर भन्न थालेका छन् । अब यो कुरा के हो यो त समिक्षालाई नै थाहा नभएर कस्लाई थाहा होला र ?