सुर्य शाहीको शर्ट फिल्म बर्लिन अन्तर्राष्टि फिल्म महोत्सवमा
यो वर्ष चार नेपाली फिल्महरु दुई अन्तराष्ट्रिय फिल्म महोत्सवमा पर्न सफल भएका छन् । कोरोना भाइरस महामारीका कारण नेपाली फिल्महरुको निर्माण तथा प्रदर्शन प्रभावित भएका बेला यी दुई शर्ट फिल्म छनोटमा पर्नुलाई सुखद रुपमा लिएको छ ।
विश्व फिल्म जगतमा प्रतिष्ठित मानिने बर्लिन र रोटरड्याम अन्तराष्ट्रिय फिल्म महोत्सवमा नेपाली शर्ट फिल्महरु ‘Wheels On The Bus’, फोर नाइट्स, अनहद र बाघथान मनोनयनमा परेका छन् । जर्मनीको बर्लिन शहरमा आगामी फेब्रूअरीमा आयोजना हूने बर्लिन अन्तर्राष्टि फिल्म महोत्सवमा सुर्य शाहीको निर्देशनमा बनेको ‘Wheels On The Bus’ र दीपक रौनियारको शर्ट फिल्म फोर नाइट्स मनोनित भएका छन् । त्यसैगरी नेदरल्याण्ड्सको रोटरड्याम शहरमा यही जनावरीमा आयोजना हुने रोटरड्याम अन्तर्राष्टि फिल्म महोत्सवमा निरञ्जन राज भेटवलाको अनहद र सूनिल पाण्डेको बाघथान मनोनयनमा परेका छन् ।
निर्देशकहरु भन्छन्, फिल्म महोत्सवमा परेपछी सरल प्रस्तूति, बलियो निर्देशन तथा छाटो समय भित्र मन छुने कथावस्तु समेटिएका कारण नेपाली शर्ट फिल्महरु दर्शकमाझ लोकप्रिय बन्दै गएको बताउछन् ।
प्रतिक्रिया