लोकप्रिय कमेडियन कपिल शर्माको बायोपिक बन्ने
लोकप्रिय शो ‘द कपिल शर्मा शो’ का होस्ट तथा कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ ।
भारतीय टेलिभिजनका हस्ती तथा अभिनेता कपिल शर्माको बायोपिक बन्ने जसको नाम ‘फनकार’ राखिएको छ । माघे संक्रान्तिको अवसर पारेर कपिलको बायोपिकको घोषणा गरिएको हो ।
कपिलले कलाकारका रुपमा एक लामो यात्रा तय गरिसकेका छन् । स्टेण्ड अप कमेडी शो सुरुवात गर्ने कपिल आफ्नो नामको शो सुरु गर्नुअघि कैयौं कमेडी रियालिटी शोको हिस्सा बनेका थिए । भारतीय टेलिभजिन कार्यक्रम ‘कमेडी नाइट विथ कपिल’, ‘कपिल शर्मा शो’ जस्ता थुप्रै कार्यक्रममार्फत् चर्चामा आएका शर्मा केही फिल्ममा पनि अभिनय गरेका छन्। ‘किस किसको प्यार करु’, ‘फिरंगी’ जस्ता फिल्ममा अभिनय गरेका शर्माको जीवनमाथि भने अब फिल्म बन्ने भएको हो।
फिल्मको निर्देशन ‘फुकरे’ निर्देशक मृगदीप सिंह लाम्बाले गर्नेछन् भने निर्माण महावीर जैनको हुनेछ । फिल्मको कलाकारको टुंगो लागिसकेको छैन ।
कपिलले सन् २०१५ मा रिलिज रोमान्टिक कमेडी फिल्म ‘किस किसको प्यार करुँ’बाट अभिनेताका रुपमा डेब्यू गरेका थिए । जसको निर्देशन अब्बास मस्तानले गरेका थिए । यिनै कपिल डिजिटल प्लेटफर्ममा आफ्नो शो ‘कपिल शर्मा( आई एम नट डन येट’ लिएर आउँदैछन् । जसमा उनले आफ्नो किस्सा र कथा सुनाएर दर्शक हँसाउनेछन् । फिम्ललाई महावीर जैनले लगानी गर्देछन् भन्ने फिल्म लिका प्रोडक्सनको ब्यानरमा बन्न लागेको छ।
प्रतिक्रिया