गायक यम बरालले दोस्रो बिहे, गुपचुप गीतासँग कसे लगनगाँठो

गायक यम बरालले दोस्रो बिहे गरेका छन् । नेपाली कांग्रेस राजनीतिमा क्रियाशील गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग उनले हालै लगनगाँठो कसेका हुन् । यद्यपि, गायक बरालले विवाह गरेको सार्वजनिकरुपमा स्वीकारेका छैनन् ।

गत मंसिरमा बिहे गरेर काठमाडौंको नयाँ घरमा भित्र्याएको उनीनिकट स्रोतले बताएको छ ।  उनलाई विवाहको विषयमा प्रश्न गर्दा बरालले ठाडै इन्कार गर्ने गरेका छन् । बराल भन्छन्, ‘यी सबै हल्ला मात्रै हुन्, ‘मैले विहे गरेँ भने त सबैलाई खबर दिएरै गर्छु नि ।’

बरालले विबहाको बारेमा केही न भने पनि उनीहरुले विवाह गरेको भिडियो नै सार्वजनिक भइसकेको छ । टेलिभिजन कार्यक्रम रजतपटले प्रशारण गरेको भिडियोमा विवाह गरेको लुकाउँदा लुकाउदै दुवै दुलाहा र दुलहीको रुपमा नाचगान गरिरहेको देखिन्छन् ।

गीता हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला खुल्लातर्फ बागमती प्रदेश अधिवेशनमा प्रतिनिधिको उम्मेदवार थिइन् । तर, उनी चुनावमा पराजित भइन् । उनी नेता ख्याम तिवारी प्यानलकी उम्मेदवार रहेकी थिइन् ।

सन् २०११ मा पूर्वपत्नी आकृति राणासँग गायक बरालले सम्बन्ध विच्छेद गरेका थिए ।  विगत १० वर्ष देखी एकल जीवन बिताएका गायक केही समय अमेरिका बसेर फर्किएका थिए ।