रमेश र किरणको वैवाहिक सम्बन्ध अन्त्य हुन लागेको हो ?
नेपाली फिल्म उद्योगको एक समयको चर्चित नाम हो रमेश उप्रेती । केही वर्ष यता उनी फिल्ममा सक्रिय छैनन् तर चर्चामा भने छाइरहन्छन् । अब फेरी उनको वैवाहिक सम्बन्धको विषयले मिडियामा स्थान जमाउन सुरु गरेको छ ।
उप्रेतीले किरण राणासँग प्रेम विवाह गरेका थिए । उनीहरु ६ महिनादेखि अलग बस्दै आएको समेत हल्ला बाहिरीएको छ । सामाजिक सञ्जालमा रमेश किरण उप्रेती समेत लेख्ने गरेका अभिनेताले केही समययता किरण हटाएका छन् ।
उनीहरुको हालसम्म सन्तान जन्मिएका छैनन् । दम्पतीले सन्तान जन्माउन नचाहेको हुन् वा नभएको त्यसको बारेमा कसैलाई जानकारी छैन् । उनीहरुको सम्बन्ध विच्छेदको प्रक्रिया अदालतमा पुगेको बुझिएको छ । अब यी सबै प्रश्नको जवाफ समयले दिने छ ।
प्रतिक्रिया