फिल्म ‘ए मेरो हजुर ४’को अष्ट्रेलिया राइट्स बिक्री
नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’ को अष्ट्रेलिया राइट्स ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले किनेको छ । फिल्मको तर्फबाट निर्देशक झरना थापा, ग्लोबल मिडियाको चियर पर्सन हरि मल्ल ठकुरीले आइतबार दिलिप पन्तको सहकार्यमा राइट्सको बिषयमा सम्झौता भएको छ । फिल्मको अष्ट्रेलियामा प्रदर्शन लगायतको सम्पुर्ण ब्यवस्थापन ग्लोबल मिडिय एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक गणेश मल्ल ठकुरी (जिएम ठकुरी) ले गर्नेछन् ।
‘कलाकार तथा निर्माण युनिट राम्रो हुनुका साथै फिल्मको चर्चा पनि भएकोले आफुले अष्ट्रेलिया राइट्स किनेको हो’ ग्लोबल मिडियाको चियर पर्सन हरि मल्ल ठकुरीले भने। नेपाली फिल्मको बजारलाई फराकिलो बनाउनुको साथै नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उदेश्यले ग्लोबल मिडिया एन्ड रिसर्च प्रा लि अहिले सम्म ८ वटा फिल्म अस्ट्रेलिया राइट किनिसकेको छ। झरना थापा निर्देशित फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेत मुख्य भूमिकामा छन् ।
फिल्मले युवाबर्गको प्रेमकथा मुख्य बिषयबस्तु बनाएको छ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले औरियल प्रोडक्सनसँगको सहकार्यमा फिल्म ‘लाखे’ निर्माण गर्न लागेको छ । जसको छायाँकन केही दिनमा नै सुरु हुँदैछ । फिल्म ‘ए मेरो हजुर ४’ समय अनुकुल रहेमा आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २५ गते बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ।
प्रतिक्रिया