फिल्म हल जाने व्यक्तिले खोप कार्ड अनिवार्य देखाउनुपर्ने
कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले खोप कार्ड अनिवार्य देखाउनुपर्ने निर्णय गरेको छ ।
माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु फिल्म हल, पार्क, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।
कोरोना संक्रमण पछिल्लो दिनमा बढ्दै गएको निष्कर्षका साथ बैठकले यो निर्णय गरेको हो । बैठकले गरेको निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।
भीडभाड हुने सार्वजनिक स्थलमा एन्टीजेन बुथ राख्ने निर्णय पनि सीसीएमसी बैठकले गरेको छ ।
प्रतिक्रिया