सलमान सँगको तुलनाले पहिले ट्रोल अहिले मख्ख आँचल
गत फागुनमा डाक्टर उदीप श्रेष्ठसँग विवाह बन्धनमा बाधिएकी नायिका आँचलले पतिसँग मिलेर लकडाउनको बेला श्रीमानसंग टिकटक बनाउँदै सामाजिक सञ्जालमा पोष्ट पनि गर्थिन । कामले फुर्सदिलो भएका कारण उनी सामाजिक सञ्जालमा रमाउँथिन् ।
आँचल शर्माले नेपाली सञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा केही न केही भाइरल क्लिप दिने गरी बोल्ने गरेकी छन् । वैवाहिक बन्धनमा बाँधिएलगत्तै एक अन्तर्वार्तामा उनले आफ्ना श्रीमान् उदीप श्रेष्ठ बलिउड अभिनेता सलमान खान जस्तै लाग्ने बताएकी थिइन् । सो अभिव्यक्तिलाई लिएर आँचल ट्रोलको सिकार बनिन् ।
आँचललाई उनका फ्यान तथा आफन्तले बिहेपछि झनै सुन्दर देखिएको भनेर तारिफ गर्ने गरेका छन् । आँचल भन्छिन् –‘मलाई त धेरै फ्यानहरुले बिहेपछि अनुहारमा झनै चमक कसरी आयो भनेर प्रश्न सोध्नुहुन्छ । म आफूलाई भने उस्तै छु जस्तो लाग्छ ।’
आँचल मन खुशी भयो भने अनुहारमा चमकता आउने कुरामा विश्वास गर्छिन् । उनले भनिन्–‘सायद, बिहेपछि मेरो मन झनै खुशी भएको छ । उदिपजीको साथले मनमा उमंग ल्याएको छ । सायद उदिपजी मायाले मेरो अनुहारमा फ्यानहरुले चमकता देख्नुभएको होला ।’ म अहिले विन्दास पनि भएको छु ।
यो कुरा केही वर्षअघिको हो । तर, अहिलेसम्म पनि सलमान र उदिपको तस्बिर जोडेर ट्रोल बनाउने अनि रमाउने जमात हटेको छैन।
अभिनेता सलमान खानको केही समय अगाडी जन्मदिन थियो । यही मौका छोपेर धेरैले तस्बिरहरू जोडेर ट्रोल बनाउन पछि परेनन् । आफूलाई ट्रोल बनाइएको विषयमा पनि आँचल पनि रमाउन थालेको देखिन्छ ।
अघिल्लो साता तेलगु फिल्म ‘हिटम्यान’को घोषणा कार्यक्रममा सञ्चारकर्मीले आँचललाई यही विषयमा प्रश्न गरे । उनले पनि हाँस्दै जवाफ दिइन्, ‘मलाई सलमान खान पहिलेदेखि मन पर्ने हो । उहाँको काम, बडी सबै मनपर्छ । मैले त्यही हिसाबले मेरो श्रीमान मनपर्छ र उहाँजस्तो लाग्छ भनेकी थिएँ । अव राम्रो मान्छेसँग तुलना हुँदा खुसी नै छु ।’
प्रतिक्रिया