रश्मिका मन्दना भन्छिन्: ‘अल्लु अर्जुनसँग अझै सय वटा फिल्म खेल्न चाहन्छु’
भारतीय फिल्म ‘पुष्पा: द राइज’ रिलिजअघिदेखि चर्चामा थियो । धेरैको पूर्वअनुमानअनुसार फिल्मले हाल आक्रामक व्यापार गरिरहेको छ ।
यो सन् २०२१ को सबैभन्दा बढी कमाइ गर्ने भारतीय फिल्मसमेत बनेको छ । १७ डिसेम्बर देखि सिनेमा हलमा प्रदर्शन भइरहेको पुष्पाले पहिलो दिन ५० करोड बढी भारुको व्यापार गर्यो। कोरोनाकालको यो सबैभन्दा ठूलो ‘ओपनिङ’ हो ।
निर्देशक सुकुमारको यो फिल्ममा अर्जुन अल्लु र रश्मिका मन्दनाको मुख्य भूमिका अभिनय छ । दक्षिण भारतीय यी दुई चर्चित कलाकारको फिल्मलाई दर्शक र समीक्षकहरुले सकरात्मक प्रतिक्रिया दिइरहेका छन् ।
तेलुगू भाषाको पुष्पा मलयालम, तमिल, कन्नड लगायत हिन्दी भाषामा प्रदर्शन आएको यो फिल्ममा रश्मिका र अर्जुनले पहिलो पटक सँगै काम गरेका हुन्। चन्दन तस्करीको वरिपरि कथा घुम्ने फिल्ममा रश्मिका र अल्लु अर्जुनको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन्।
सन् २००३ देखि महत्वपूर्ण भूमिकामा दर्शकको मन जितेका स्टार अल्लु अर्जुन दक्षिण भारतकै सर्वाधिक लोकप्रियमध्येका अभिनेता हुन् । अल्लु अर्जुन अभिनेताका रुपमा स्थापित सन् १९९६ मा जन्मिएकी रश्मिका बच्चै थिइन् ।
रश्मिकाले इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वातामा भनेकी छन्, ‘गीता गोविन्दमको अडियो लन्च कार्यक्रममा अल्लु अर्जुन प्रमुख अतिथि थिए। त्यसबेला मलाई के म अल्लु अर्जुनसँग काम गर्न सकूँला भन्ने सोच आएको थियो ।’
रश्मिका मात्र नभई दक्षिण भारतका धेरै अभिनेत्रीको अर्जुन अल्लुजस्ता सफल स्टारसँग कामगर्ने सपना हुन्छ। पुष्पाले रश्मिकाको त्यो रहर पूरा भएको छ । यसबारे उनले भनेकी छन्, यो ठूलो प्रगति हो। मेरा लागि सपना साकार भएको क्षण हो ।’
दर्शकलाई जस्तै रश्मिका र अल्लु अर्जुनको केमेस्ट्री उनी आफैंलाई पनि मन परिरहेको छ । अल्लु अर्जुनको काम गर्ने शैली र अनुशासनसँग सहकर्मी कलाकारसँग गर्ने व्यवहारको पनि उनले तारिफ गरेकी छन् ।
अन्तर्वातामा उनले हाँस्दै भनेकी छन्, ‘म उहाँसँग अझै सय फिल्ममा काम गर्ने इच्छा छ ।’ पहिलो कन्नड फिल्म ‘किरिक पार्टी’ बाट सन् २०१६ मा डेब्यु गरेकी उनको यो फिल्म वर्षकै सफल साबित भयो ।
‘किरक पार्टी’ हिट भएसँगै दर्शकको रोजाइमा परेकी रश्मिकालाई बाँकी दुई फिल्म ‘डियर कमरेड’ र ‘गीता गोविन्दम्’ ले स्टार बनाइदियो । पहिलो फिल्मबाट डेब्यु अभिनेत्रीको अवार्ड पाएकी उनले उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत जितिन् । उनी महँगो पारिश्रमिक लिने अभिनेत्री पनि बनिन् ।
‘कर्नाटका क्रस’ भनिने उनलाई अचेल भारतकै ‘नेसनल क्रस’ भन्न थालिएको छ । दक्षिण भारतीय भाषाका फिल्ममा सफल रश्मिकाको हातमा बलिउडका दुई फिल्म ‘मिसन मजनु’ र ‘गुडबाइ’ मा व्यस्त छिन् ।
बलिउड फिल्म ‘मिसन मजनु’मा उनी सिद्धार्थ मल्होत्रा र ‘गुडबाइ’ मा अमिताभ बच्चनसँग देखिने छिन् । पुष्पाको लोकप्रियताले आगामी दिनमा बलिउडमा उनको माग अझ बढ्न सक्ने बलियो सम्भावना छ । मोडलिङ हुँदै सिनेमामा प्रवेश गरेकी रश्मिका छोटो समयमा लोकप्रियता कमाउन सफल अभिनेत्री हुन् ।
प्रतिक्रिया