फिल्म ‘जीरो’ भन्दा कम बिक्रि ‘८३’ को टिकट

बलिउडका चर्चित अभिनेता रणवीर सिंह, अभिनेत्री दीपिका पादुकोण, पंकज त्रिपाठी स्टारर कबीर खानको स्पोर्ट्स ड्रामा ‘८३’ ले बक्स अफिसमा रेकर्ड तोड्ने अनुमान गरिएको थियो । तर, फिल्म अपेक्षाअनुरूप चल्न सकेन ।

फिल्मले अहिलेसम्म ९ दिनमा बक्स अफिसमा ७९.४६ करोड कलेक्सन गरिसकेको छ । बक्स अफिस अफ इन्डियाका अनुसार ‘८३’ (हिन्दी) को दर्शक निकै कम छन् र पहिलो हप्ता मात्रै ३८ लाख टिकट बिक्री भएका छन्। यो संख्या शाहरुख खानको ’जीरो’ (६९ लाख टिकट) सँग तुलना गरिएको छ। जुन बक्स अफिसमा फ्लप रह्यो ।

‘८३’ मा पनि हिन्दी फिल्मको लागि सबैभन्दा बढी टिकट दर छ, र यो पनि यसको असफलताको प्रमुख कारण हो भनेर सिनेमा व्यवसायीहरुको अनुमान छ । अर्कोतर्फ टिकटको दर कम राखेको भए सङ्कलन अझै घट्ने थियो भन्नेहरु पनि छन् ।

कबीर खान द्वारा निर्देशित यो फिल्म १९८३ क्रिकेट विश्वकप मा भारतीय क्रिकेट टीमको जीतको कथा आधारित छ । ‘८३’ मा ताहिर राज भसिन, जीवा, साकिब सलीम, जतिन सरना, चिराग पाटिल, दिनकर शर्मा, निशान्त दहियाको पनि अभिनय छ । हार्डी सन्धु, साहिल खट्टर, अम्मी विर्क, आदिनाथ कोठारे, धैर्य कार्वा र आर बद्री मुख्य भूमिकामा छन् ।