‘प्रेममा धोका कसले खायो?, हामी प्रेम सम्बन्धमा छैनौं : कलाकार बले (भिडियो सहित)
हाँस्यकलाकार तथा मोडल सागर लम्साल ‘बले’ले मोडल प्रिज्मा खतिवडा मिल्ने साथी मात्र भएको बताएका छन्। उनले ‘हो हो नि माया’ म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा प्रिज्मासँग ‘ब्रेकअप’ भएको भन्ने खबर गलत भएको दाबी गर्दै भने,’हामीहरु अहिले पनि मिल्ने साथी हो।’
सागरले भने, ‘प्रिज्मा र प्रिन्सीको अन्तर्वार्ता हेरें। उहाँहरु निकै भावुक हुनुभएको थियो। रुने प्रिन्सी, माफी माग्ने प्रिज्मा र गाली खाने म भएँ।’ केही महिनादेखि आफ्नै पारिवारिक कारणले मिडियाबाट टाढिएको थिए ।
आफ्नो विवाहको विषयलाई लिएर हल्ला चलेकोप्रति उनी नै अनभिज्ञ रहेको बताए। विवाहको कुनै योजना नबनाएको सागरले आफैं नै दोधारमा परेको बताए। मिल्ने साथी भएको स्पष्टीकरण दिँदै उनले भने, ‘प्रिज्मा र प्रिन्सी फरक भए पनि मेरा लागि एकै हुन्, मिल्ने साथी।’
उनलाई प्रेममा धोका खाएका कारण दुब्लाएको हो भन्ने प्रश्नमा सागरले पहिलेको तुलनामा तीन किलो बढेको बताए । उनले भने, ‘प्रेममा धोका कसले खायो? मैले बुझिनँ। उहाँहरु मिल्ने साथी हो, अन्यथा केही होइन हामी प्रेम सम्बन्धमा छैनौं।’
प्रेम नै नभएर ब्रेकअप भएको हल्ला खेप्नु परेको सागरले गायक एस कुमारको ‘तिम्रो मन बदलिएछ’ गीतमा प्रिज्मा र प्रिन्सीसँग अभिनय गरेका थिए। उनले छिट्टै ‘तिम्रो मन बदलिएछ २’ को सिरिजसँगै तीनैजना हुने जानकारी पनि दिए।
प्रतिक्रिया