काठमाडौं आइपुगि विश्वकै सबैभन्दा लामो प्रेमपत्र बोकेर इरानी कलाकार कोकोभान डे
विश्वकै सबैभन्दा लामो प्रेमपत्र मध्येको एक ‘द वल्र्ड लेटर’ नेपाल आइपुगेको छ ।
विश्वयात्रामा निस्किएकी फ्रेन्च-इरानी कलाकार कोकोभान डे बेनकालिज २३ हजार शब्द समेटिएको उक्त लभलेटर बोकेर काठमाडौं आइपुगेकी हुन् । लभलेटरको लम्बाइ ५०० मिटर छ ।
उनले यसै साता बसन्तपुर र पाटन दरबार स्क्वायरमा प्रेमपत्र प्रदर्शन गरिन् । विश्वयात्रामा ४ वर्षदेखि निस्किएकी उनले यसबीचमा ४० भन्दा बढी सहरहरु भ्रमण गरेकी छिन् ।
उनले नेपाल आफ्नो १२ औं भ्रमण मुलुक भएको बताएकी छिन् । यसअघि विश्वका विभिन्न सहरमा उनले लभलेटर प्रदर्शन गरिसकेकी छिन् । नेपालमा रहँदा उनले वसन्तपुर र पाटन दरबार स्क्वायरमा पनि प्रेमपत्र प्रदर्शन गरिन् जहाँ नेपालीहरुले पनि सन्देश लेखे ।
‘आउनूस र विश्वको लागि पत्र लेख्नूस अनि विश्व कलाको हिस्सा बन्नूस’ उनले भनेकी छिन् । विश्वको लागि लेखिन प्रेमपत्रलाई विश्वले नै लेखिनुपर्ने उनको धारणा छ ।
सन् २०१७ को मे महीनामा सडकमा बसेर आफूले प्रेमपत्र लेख्दा एउटा अपरिचित व्यक्तिले पनि केही कुरा लेखेको र त्यो क्षण नै आफ्नो जीवनको टर्निङ प्वाइन्ट भएको उनले बताएकी छिन् । भिडियो अन्तवार्तामा कुरा गर्दै उनले लभलेटरको डिजिटल कपी रकेटमार्फत अन्तरीक्षमा पठाउने योजना समेत रहेकी बताएकी छिन् ।
प्रतिक्रिया