ज्याकलिनको प्रेममा थिएँ
तिहाड जेलमा रहेका दुई सय करोड ठगीका आरोपपी महाठग सुकेश चन्द्रशेखरको बारेमा नयाँ नयाँ कुराको खुलासा भइरहेका छन् । हालसम्म यो मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिज, नोरा फतेही जस्ता स्टार मुछिएका छन् । यो मुद्धाको अनुसन्धानताका सुकेशले ज्याकलिनलाई कैयौं महंगो उपहार दिएको खुल्नमा आएको छ ।
सुकेशले भने अनुसार अभिनेत्री ज्याकलिनसँग उनको प्रेम सम्बन्ध दाबी गरेका छन्, करोडौं मूल्यको उपहार त्यहीकारण उनले दिएका थिए ।
सुकेशका वकिल अनन्त मलिकले एक विज्ञप्ती जारी गरेका छन्, जुन विज्ञप्ती सुकेशले लेखेका हुन् । सुकेशले आफूलाई महाठग भनिएको बारे विज्ञप्तीमा आपत्ति जनाएका छन् । उनले आफूसँग पैसा लिएका जेलका अधिकारीसँग अनुसन्धान किन नगरिएको भन्दै प्रश्न पनि गरेका छन् । आफूलाई हालसम्म दोषी नठहराइएकोले अहिले नै ‘ठग’ भनिनु गलत भएको उनले उल्लेख गरेका छन् ।
‘म ज्याकलिनसँग प्रेम सम्बन्धमा थिएँ र यहीकारण नै मैले अभिनेत्रीलाई उपहार दिएको हुँ । यो मामलामा कुनै पनि लेनदेनको विषय मेरो जीवनसँग जोडिएका कुरा हुन् । यो मामलामा ज्याकलिन निर्दोष छिन्’, उनले भनेका छन् ।
प्रवर्तन निर्देशनालयले दुई सय करोड ठगीको विषय सार्वजनिक हुनासाथ कैयौं पटक ज्याकलिनसँग सोधपुछ गरिसकेको छ । उनीहरुले सुकेशले ज्याकलिनलाई दिएको सम्पूर्ण उपहार जफत गर्ने तयारी पनि गरिरहेको छ । ज्याकलिनलाई भारतबाहिर जान पनि निर्देशनालयले रोक लगाएको छ ।
प्रतिक्रिया