पक्राउ परेका र्‍यापर लाउरेबारे प्रहरी भन्छ- प्रारम्भिक अनुसन्धानमा उनी दाेषी देखिए

चर्चित र्यापर आशीष राना उर्फ लाउरे लागुऔषधसहित पोखराबाट पक्राउ परेका छन् । उनीसंग उनका २ जना पुरुष साथी र १ जना महिला साथी पक्राउ परेको छन । न्युरोडस्थित एक घरबाट उनलाई पक्राउ गरिएको हो । ब्राउन सुगर प्रयोग गर्दै गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

लाउरेसँगै चारजना पक्राउ परेका कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिएका छन् ।

लाहुरे संग पाेखरा २१ घर भई हाल छाेरेपाटन बस्ने ३९ वर्षिय धुर्व थापा, पाेखरा ७ का ३० वर्षिय बिक्कि भन्ने का नवीन गुरुङ स्याङ्जा भिरकाेट नगरपालिका ७ का हाल पाेखरा १५ बस्ने २२ वर्षिय सुस्मिता गुरुङ लाई प्रहरीले पक्राउ गरेको हाे । उनीहरूको साथबाट ब्राउन सुगर र अन्य लागुऔषध बरामद भएको बताइएको छ ।

लाउरे युवा पुस्तामाझ लोकप्रिय छन् । ‘प्रहरी खटिएको थियो । सेवनको प्रयोजनका लागि कारोबार हुँदैछ भन्ने थाहा पायौं,’ उनले भने, ‘त्यही सूचनाका आधारमा पक्राउ गरिएको हो । अनुसन्धान भइरहेको छ, प्रारम्भिक रूपमा उनी दोषी देखिए ।’

०.५१ ग्राम प्रहरीको समातेपछि पाेखरा सभागृह नजिकै सुस्मिताकाे काेठाबाट १२.५० ग्राम भेटिएकाे स्रोतकाे दावी छ । जम्मा १३.०१ प्रहरीले भेटेको हाे । प्रहरी निरिक्षक खगेन्द्र अधिकारीकाे कमाण्डरमा खटिएको टाेलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

लाउरेलाई अहिले कास्की प्रहरीको हिरासतमा राखिएको छ । बिहीबार अदालत बन्द भएकोले मुद्दा अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ । शुक्रबार लागुऔषध मुद्दामा म्याद थपेर अनुसन्धान थाल्ने कास्की प्रहरीले जनाएको छ ।