आर्नोल्ड र मारियाले ३५ वर्षे वैवाहिक सम्बन्धलाई टुंग्याए
हलिउड अभिनेता आर्नोल्ड श्वार्जेनेगर र उनकी पत्नी मारिया श्रीभरले ३५ वर्षे वैवाहिक सम्बन्धलाई टुंग्याएका छन् ।
दश वर्षयतादेखि चलिरहेको उनीहरुको सम्बन्धविच्छेदको काूननी प्रक्रियाले पूर्णता पाएपछि उनीहरु आधिकारिक रुपमा अलग्गिएका हुन् । आर्नोल्ड र मारियाले सन् १९८६ मा विवाह गरेका थिए ।
आर्नोल्डको घरेलु एक महिला कर्मचारीसँग अफेयर चलेपछि मारियासँग सम्बन्ध बिग्रिएको थियो । यसपछि सन् २०११ मा मारियाले सम्बन्धविच्छेदका लागि अदातलमा निवेदन दिएकी थिइन् ।
उनीहरुको प्रोपर्टी सेटलमेन्ट र लेनदेन सम्बन्धी सबै कुराहरु हाललाई गोप्य राखिएको छ ।
फिल्म ‘टर्मिनेटर’ स्टार आर्नोल्ड र अमेरिकी पत्रकार मारियाका चार सन्तान छन् ।
प्रतिक्रिया