राहात खोजेका निर्मातालाई बल्ल रात मिल्यो
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना माहामारीको असर फिल्म क्षेत्रमा पनि ठूलो क्षति पुर्यायो । कोरोनाले फिल्मर क्षेत्रको व्यापार ठप्प बनायो । यो नकारात्मक अवस्थाबीच फिल्म निर्माताले समीक्षा गर्ने समय भने प्रशस्त पाए ।
यसलाई फिल्म क्षेत्रका विज्ञले सकारात्मक प्रभाव भनेका छन् । ‘सकारात्मक विषय भन्नुपर्दा फिल्म मेकरले आफूले आफूलाई समीक्षा गर्ने समय पाए । फिल्म चल्यो कि चलेन, दर्शकले मन पराए कि पराएनन् भनेर व्यस्त रहने फिल्म निर्मातालाई यी र यस्तै विषयमा अपडेट हुने समय तथा अवसर मिल्यो । तर, कोरोना महामारीले सकारात्मक भन्दा नकारात्मक असर धेरै ठूलो रहेको तथ्याङ्कले देखाएको छ । लकडाउनले कोरोनापछि मानिसको रुचि कता मोडियो भन्ने विश्लेषण गर्न पनि समय मिलेको छ । फिल्म निर्मातालाई कोरोनाकालमा परिमार्जन हुने ठूलो अवसर दिएको छ ।
महामारीले नेपाली फिल्म निर्माणमा ९० करोड जोखिममा गएको देखिन्छ । प्रदर्शन र वितरणतर्फ कोरोनाले १ अर्ब २० करोड नोक्सान भएको छ । ‘कारोनाले फिल्मरमा मानसिक असर नै गरेको छ ।
नृपालमा कोरोना महामारीको समयमा ३४ वटा तयारी फिल्म प्रदर्शनमा रोकिएका थिए । फिल्म क्षेत्रलाई शून्यमा झारिदिएको थियो । अहिले विस्तारै अघि बढदै गरेको फिम क्षेत्र नेपाली फिल्मको तुलनामा विदेशी फिल्मले बढी व्यापार गर्छ भन्ने बुझाई रहदै आएको छ । ‘हिन्दी फिल्मका १०१ व्यानरलाई नेपाली सिनेमाले साइड लगाएको पनि रेर्कड छ ।
कोरोनापछि हल सञ्चालन भएपछि बलिउड फिल्म ‘सूर्यवंशी’ हेर्न दर्शकको घुँइचो लागेको थियो । ‘नेपाली फिल्म प्रदर्शनमा ढिला हुँदा बलिउडसंग डराएर नभई हलमा पुगेपछि दर्शक नआउने जोखिमले हो निमार्ताहरु हल सम्म फिल्म पुर्राउन डराइ रहेका ।
पछिल्लो समयमा फिल्म ‘चपली हाइट ३’ हलमा चलाउन कष्ट परिरहेको छ भन्दा केही फरक नपर्ला, फिल्मको प्रदर्शन मिति पुस २ गते तोकिएको थियो तर त्यस बेला हलिउड फिल्म ‘स्पाइडर म्यानः नो वे होम’ र साउथ इण्डियन फिल्म ‘पुष्पा’का कारण आफ्नो फिल्म नचलने पो हो की भन्ने डरले हलमा चलाइएन र मिति सार्न तयार भए त्यस पछि पुनः पुस १५ गतेलाई प्रदर्शन मिति तोकियो फेरी एउटा नेपाली फिल्म हलमा रिलिज भएको दुई सातासम्म अर्को नेपाली फिल्म रिलिज गर्न पाइने नियमको उल्लंघन भएको भन्दै ‘चपली हाइट ३’लाई पछि सार्न दबाब बढ्यो ।
यो मितिमा फिल्म ‘कठपुतली’ले शुरुमा नै पुस १६ गतेलाई रिलिज मिति तोकिसकेको अवस्थामा ‘चपली हाइट ३’ जुध्न आइपुगेको थियो ।
त्यस पश्चात फिल्म अब पुस ३० गते मात्रै प्रदर्शन हुने भनेर समाचारहरु बाहिर आए तर यस अघि बहुप्रतीक्षित साउथ इण्डियन फिल्म ‘आरआरआर’ प्रदर्शनमा आउदै थियो, भारतमा ओम्रिकोन भाइरसका संक्रमित बढ्न थालेसँगै प्रदर्शनका लागि तयार भएका फिल्म भकाभक सर्न थाले यस्तैमा फिल्म ‘आरआरआर’को पनि प्रदर्शन रोकियो, यसले गर्दा चपली हाइट ३ लाई सरासर पाइदा हुने देखिन्छ ।
यो फिल्म अर्जुनकुमारले निर्माण गरेका हुन्। निकेश खड्काको निर्देशन रहेको फिल्म क्राइम थ्रिलर जनरामा निर्माण भएको हो। फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापालगायतका कलाकारको मुख्य भूमिका रहेको छ। दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलाको समेत अभिनय फिल्ममा देख्न सकिन्छ।
कथा तथा संवाद आकाश बरालको रहेको फिल्ममा ‘स्टेशन फाइभ’ ले उपत्यका र ‘एफडी कम्पनी’ ले उपत्यका बाहिर वितरण गर्दैछन्।
प्रतिक्रिया