जब कट्रिना कैफले हातमा रातो गुलाब लिएर सलमान खानलाई मनाउँदै थिइन्
कट्रिना कैफ र विक्की कौशलले विवाह गरे पनि कट्रिना कैफ र सलमान खान कति मिल्ने साथी हुन्, सबैलाई थाहा भएकै कुरा हो भन्दा फरक नपर्ला ।
एक समय थियो जब सलमान खान र कट्रिना कैफको सम्बन्धको चर्चा जताततै थियो । दुवैको विवाहलाई लिएर फ्यान पनि निकै उत्साहित थिए । सलमान र कट्रिना कैफको जोडीलाई सबैले मन पराएका थिए । तर, सलमान खान र कट्रिनाले पनि आफ्नो सम्बन्धको पुष्टि गरेका छैनन् । आज कट्रिना कैफ विक्की कौशलसँग आफ्नो सुखी वैवाहिक जीवनको मजा लिइरहेकी छिन् । यसै क्रममा सलमान खान र कट्रिना कैफको पुरानो तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यो तस्विरमा कट्रिना कैफको हातमा रातो गुलाब देख्न सकिन्छ र सलमान खान क्यामेराको लागि पोज दिइरहेका छन्। यो तस्विर निकै पुरानो हो, जुन सलमान खानको फ्यानक्लब पेजमा पोस्ट गरिएको छ । अहिले यो तस्विरमा सलमान र कट्रिनाका फ्यानहरुले निरन्तर प्रतिक्रिया दिइरहेका छन् । यसैबीच, कतिपयले यो तस्विरलाई सम्पादन तस्बिर भनेका छन् । एक प्रयोगकर्ताले कमेन्टमा लेखेका छन्, ‘फेक तस्विर, कट्रिना त्यतिबेला जन्मिएको पनि थिएन।’
यसै महिनाको ९ डिसेम्बरमा कट्रिना कैफ र विक्की कौशलले राजस्थानमा विवाह गरेका थिए । दुवैको विवाहको तस्विरले अहिले पनि सामाजिक सञ्जालमा हावी रहेको छ । यसै क्रममा हिजो कट्रिना र विक्कीले बिहेपछि पहिलो क्रिसमस सँगै मनाएका थिए जसको तस्विर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रतिक्रिया