‘चपली हाइट’ गर्ल विनीता दोस्रो पटक आमा बन्दै
नौ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘चपली हाइट’ बाट राम्रो प्रतिक्रिया पाए पनि विनिता नेपाली फिल्म उद्योगमा खासै जम्न सकिनन् ।
‘चपली हाइट’को पहिलो सिरिजबाट चर्चामा आएकी नायिका विनीता बराल दोस्रो सन्तानकी आमा बन्न तयारीमा छिन्
यद्यपि उनी उक्त फिल्ममा बोल्ड सिन दिएर चर्चामा आएकी विनीताले त्यसपछि पनि केहि फिल्ममा काम गरिन। ‘फुल स्टप’, ‘सुपहिट’, ‘उमंग’ लगायतका फिल्मले करिअर जोगाउन नसकेपछि उनी तरिकारी खेतीमा लागेकी थिइन्। तर विनीताले फिल्म र तरकारी खेती दुबै छोडेर कृषि पढ्न भन्दै विनिता अमेरिका हानिएकी थिइन् ।
अमेरिकामा बस्दै आएका तिलक पौडेलसँग उनले २०७६ बिहे गरेकी थिइन् । लामो समय प्रेममा रहेका तिलक र विनिताले आफ्नो प्रेमलाई बिहेमा बदलेका थिए । वैवाहिक बन्धनमा बाँधिएको पछिल्लो वर्ष उनी पहिलो पटक आमा भएकी थिइन्।
उनले आफ्नो एक तस्बिर सार्वजनिक गर्दै आफ्नो गर्भमा ५ महिनाको सन्तान हुर्किरहेको उल्लेख गरेकी छिन्।
विनीताकी छोरी अहिले २ वर्षकी भइन्। छोरी दुई वर्षकी हुँदै गर्दा विनीताले आफू दोस्रो पटक गर्भवती भएको खबर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन्।
प्रतिक्रिया