अभिनय सिकाउने नाममा चेलीहरुसँग यौनसम्बन्ध राख्ने गुरु

अमेरिकी  कलाकारले आफ्नै चेलीहरुसँग यौनसम्बन्धहरु राखेको खुलेको छ । जेम्स फ्रान्कोले चेलीहरुसँग यौन सम्बन्ध राखेको स्वीकारेका छन् । उनले आफ्नो अभिनय विद्यालयमा आउने कतिपय चेलीहरुसँग यौन सम्बन्ध राखेको स्वीकारेका हुन् ।

४३ वर्षीय कलाकार फ्रान्कोमाथि चेलीहरुमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । उनले त्यसलाई अस्वीकार गर्दै आएकामा द जेस काग्ले पोडकास्टसँगको कुराकानीमा चेलीहरुसँग सुतेको र त्यो गलत भएको बताएका हुन् । तर, यौन प्रस्ताव राख्नकै लागि अभिनय स्कुल सुरु नगरेको बताए ।

फ्रान्को प्रख्यात कलाकार हुन् । उनले अभिनय गरेको फिल्म ओस्कारको मनोनयनमा समेत परेको छ ।