पारीश्रमिक नपाएको फेसबुकमा स्टाटस लेख्दै कलाकार
फिल्म ‘चपलि हाइट ३’ प्रर्दशन मिति नजिकिँदै गर्दा विवादमा आएको छ । फिल्म भित्रकै कलाकारहरूले आफूले काम गरेको पारीश्रमिक नपाएको भन्दै ‘चपली हाइट’ लाई विवादमा ल्याएका हुन् ।
काम गरे बापत आफ्नो पारिश्रमिक नपाएको सामाजिक सञ्जाल मार्फत कलाकार अमिर गौतमले व्यक्त गरेका छन् उनले लेखेकाछन् : ३ दिन पानीमा भिजेर सुटिङ सक्काएको फिल्मको पैसा त आउँदैन भने अरू को के हालत होलाझन।
अन्य कलाकारहरूले पनि सहमत जनाएर उनको यो कमेन्टमा -कमेन्ट गरेका छन् । ‘चपली हाइट ३’ का दुई अभिनेत्री स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले घुमाउरो रूपमा आफूहरूले पनि पारिश्रमिक नपाएको आमिरको स्ट्याटसमा बताएका छन् ।
अमिरको स्ट्याटसमा लक्ष्मीले कमेन्ट गर्दै लेखेकी छन्, ‘लक्की चार्मको त यो हालत छ झन् हाम्रो के होला ?’ उनको यो कमेन्टमा ठट्यौली शैलीमा स्वस्तिमाले लेखेकी छन्, ‘लक्की चार्म भिजेपछि चार्म हरायो जस्तो छ ।’ लक्ष्मीको कुरा सुन्दा उनले पनि ‘चपली हाइट ३’ बाट पैसा नपाएको स्पष्ट हुन्छ । फिल्मका निर्माता अर्जुन कुमारले यस विषयमा कलाकारहरूलाई एग्रीमेन्ट पेपर ल्याएर भेट्न सल्लाह दिएका छन् । यति भने पछि उनले अन्य कुरा बुझ्दा भने बोल्न नचाहेको अभिव्यक्ति दिएका थिए । फिल्म यही पुस १५ बाट प्रदर्शनमा आउँदै छ ।
प्रतिक्रिया