अभिनेत्री सारा अली खानले चार अभिनेतासँग स्वयम्बर गर्न चाहेको खुलासा !
बलिउड अभिनेत्री सारा अली खान आफ्नो फिल्मको प्रमोशनका लागि करण जोहरको शो कफी विथ करणमा पुगेकी थिइन् । सह–अभिनेता धनुष पनि उनीसँगै थिए । साराले आफू स्वयंवर गर्न चाहेको खुलासा गरिन् । शोमा उनले आफ्नो रोजाइका चार व्यक्तिको नाम पनि खुलाएकी छिन् ।
शोमा करण जोहरले सारालाई स्वयंम्बर गर्न चाहेको चार व्यक्तिको नाम बताउन आग्रह गरे । उनले जवाफ दिइन्, “रणवीर सिंह, विजय देवरकोंडा, विक्की कौशल र वरुण धवन।” साराको जवाफ सुनेर करणले हाँस्दै भने, ‘यी सबैका श्रीमतीहरुले यो शो हेरिरहेका छन् ।’ रणवीरले दीपिका पादुकोणसँग विवाह गरेका छन् । विक्की–कट्रिना कैफ हालै विवाह बन्धनमा बाँधिएका छन् । वरुण र नताशा दलालले यसै वर्षको सुरुमा विवाह गरेका थिए ।
सारा अलीले आफ्नो पुरानो अन्तर्वार्तामा भनेकी थिइन्, ‘म बिहेको लागि तयार छु तर मलाई एउटा दुलाहा चाहिन्छ जो उनी र उनकी आमा अमृतासँग बसोस् । अर्थात्, एक हिसाबले हेर्ने हो भने घर ज्वाई नै रहनुपर्छ । फिल्म ‘अतरंगी रे’सँग जोडिएको कुरा सेयर गर्दै साराले भनिन्, ‘फिल्ममा एउटा संवाद छ, ‘के केटीले एकैपटक दुवै पाउन सक्दैनन ? किन हरेक पटक महिलाले आफ्ना आमाबुवालाई छोडेर दुलाहाको घर जानु पर्छ। किन उल्टो हुन सक्दैन?’
अतरंगी रे २४ डिसेम्बरमा ओटिटी प्लेटफर्ममा रिलिज हुनेछ। यस फिल्ममा सारा अली खान, अक्षय कुमार र धनुष मुख्य भूमिकामा छन् । यो फिल्मलाई आनन्द एल राईले निर्देशन गरिरहेका छन् ।
प्रतिक्रिया