“जीवित कीरा खाएकोमा पछुतो छ, अब मरेको मात्र खान्छु”

‘म्यान भर्सेस वाइल्ड’का होस्ट बियर ग्रिल्सले हालै दिएको एक अन्तर्वार्तामा जीवित कीरा खानु आफ्नो ठूलो गल्ती भएको बताएका छन्।

शोका लागि सुरुका दिनहरूमा आफूले धेरै जनावरहरू मारेर खाएको र अहिले पछुतो लागेको ग्रील्सले बताएका छन्।

उनले भने, ‘म अब मरेका जनावरहरू मात्र खानेछु’। अब शोका लागि जनावरहरू नमार्ने घोषणा पनि गरेका छन्।

ग्रिल्स आजकल आफ्नो शो ‘इन्टू द वाइल्ड विद बियर ग्रिल्स’ को कारण चर्चामा छन्।

उनको शोमा आउने धेरै शाकाहारी स्टारहरूबाट आफूले प्रेरणा पाएको पनि ग्रिल्सले उल्लेख गरेका छन्, जसले उनको मासु खाने सोचमा परिवर्तन ल्याइदिएका छन्।

उनी भन्छन्, ‘मैले धेरै शाकाहारी स्टारहरूलाई जंगलमा अन्तर्वार्ता लिएको छु, यो एउटा अद्भुत अनुभव थियो। मैले सधैं उनीहरूलाई ठूलो सम्मान गर्ने गरेको छु।’

रजनीकान्त, अक्षय कुमार, अजय देवगन, विक्की कौशल लगायत धेरै भारतीय स्टारहरूले ग्रिल्सको शो ‘इनटू द वाइल्ड विद बियर ग्रिल्स’ मा काम गरिसकेका छन्।

ग्रिल्ससँग शोमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामादेखि लिएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखा परिसकेका छन्।