साउथ अभिनेत्री हम्सा नन्दिनीलाई स्तन क्यान्सर

साउथ फिल्मकी चर्चित अभिनेत्री हम्सा नन्दिनीलाई स्तन क्यान्सर भएको छ । हालै उनले सामाजिक सञ्जालमा यसबारे पोस्ट सेयर गरेकी हुन् ।

हम्सा नन्दिनीले आफ्नो केही ब्ल्याक एन्ड ह्वाइट तस्विरहरु सेयर गरेकी छिन्। योसँगै हम्साले तस्बिरसँग लामो क्याप्सन पनि लेखेकी छन् । उनले क्याप्सनमार्फत आफूलाई स्तन क्यान्सर भएको बारे बताएकी छन् ।

यस्तै, उनले फ्यानहरुलाई चाँडै नै बलियो कमब्याक गर्ने वाचासमेत गरेकी छन् ।