फिल्म ‘८३’ लाई दिल्लीमा कर नलिइने

अभिनेता रणवीर सिंहको आगामी फिल्म  ‘८३’ लाई दिल्ली सरकारले राज्यमा करमुक्त घोषणा गरेको छ । हालै फिल्म निर्माता कबीर खानले सामाजिक सञ्जालमा यो पोस्ट सेयर गरेका छन् ।

पोस्टमा, उनले दिल्लीमा ‘८३लाई करमुक्त बनाएकोमा सीएम अरविन्द केजरीवाल र मनीष सिसोदियालाई धन्यवाद पनि दिएका छन् । फिल्म २४ डिसेम्बरमा हलमा रिलिज हुँदैछ ।

कबीर खानले निर्देशन गरेको यस फिल्ममा रणवीरका अलावा दीपिका पादुकोण, पंकज त्रिपाठीलगायत अन्य कलाकार मुख्य भूमिकामा देखिएका छन् ।

यो फिल्म १९८३ मा भारतीय क्रिकेट टोलीको विश्वकप जितमा आधारित छ । सन् १९८३ मा कपिल देवले पहिलो पटक विश्वकप जितेका थियो । फिल्ममा रणवीर सिंह कपिलको भूमिकामा देखिनेछन् ।