बलिउड अभिनेत्री ज्याकलिन पवन कल्याणको फिल्मबाट निकालिइन्
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज दुई सय करोडको मनी लण्ड्रिङ मुद्धाका कारण हालका दिनमा चर्चामा छिन् । यो मुद्धामा मुख्य आरोपी सुकेश चन्द्रशेखरसँग ज्याकलिनको सम्बन्धलाई जोडिएको छ ।
समाचार अनुसार ज्याकलिनले सुकेशबाट कैयां महंगो उपहार लिएकी छन् । अहिले यो मुद्धाको असर ज्याकलिनले आफ्नो व्यावसायिक जीवनमा भोगिरहेकी छन् । दक्षिण भारतीय फिल्मका सुपरस्टार पवन कल्याणको फिल्मबाट उनलाई हटाइएको खबर बाहिर आएको छ । यद्यपि फिल्मका निर्देशक कृष जागरलामुडीले यो खबर केवल अफवाह मात्र रहेको बताएका छन् ।
यही मुद्धाका कारण तेलुगू स्टार पवन कल्याणको फिल्म ‘हरी हारा वीरा मल्लू’बाट ज्याकलिन निकालिएकी छन् । फिल्म युनिटले भने यो मामलामा प्रवर्तन निर्देशनालय(इडी)सँग चलिरहेको मनी लण्ड्रिङको मुद्धाको कुनै सम्बन्ध नरहेको दाबी गरेको छ ।
‘ज्याकलिनले फिल्मका लागि समय दिन सकिरहेकी छैनन् । उनी गत वर्ष नै यो फिल्मबाट हटेकी थिइन् । हामीले उनको स्थानमा नरगिस फाकरीलाई ल्याइसकेका छौं । मिडियाले बेकारमा पुरानो मुद्धालाई उठान गरिरेको छ । म भन्छु कि ज्याकलिन हाम्रो फिल्मबाट गतवर्ष नै हटिसकेकी छन्’, निर्देशक कृषले भनेका छन् ।- बलिउड लाइफ
प्रतिक्रिया