मिस नेपाल नम्रतालाई भोट गर्न दीपकराजको अपिल

काठमाडौं – कलाकार दीपकराज गिरीले भने मिस नेपाल नम्रतालाई भोट गर्न आग्रह गरेका छन् । उनले नम्रतातर्फ ध्यान नागेको पो हो की भनेर शङ्का समेत व्यक्त गरेका छन् ।
उनी लेख्छन्, ‘सबैको ध्यान दलीय चुनावमा छ । तर पुरै देशलाई प्रतिनिधित्व गर्दै मिस वर्ल्ड २०२१ मा सहभागिता जनाएर आफ्नो र आफ्नो मुलुकको उपस्थितिलाई दरिलो रूपमा प्रस्तुत गरिरहेकी हाम्री चेली नम्रता श्रेष्ठप्रति हाम्रो ध्यान नगइरहेको हो कि ?
सबै डिटेल खोजेर भोट गरौँ होला !
यही डिसेम्बर १७ का दिन हुन गइरहेको मिस वर्ल्ड २०२१ का लागि धेरै-धेरै शुभकामना नम्रता श्रेष्ठ ।
आफू, आफ्नो परिवार र त्यो भन्दा पनि देशको नाम राख्न सफल हुनु ! जय नेपाल !!’
मिस वर्ल्डको ग्राण्ड फिनाले डिसेम्बर १७ अर्थात् पुस २ गते अमेरिकामा हुँदै छ ।

प्रिमियरका ‘ए मेरो हजुर ४’लाई उत्कृष्ट प्रतिक्रिया, अनमोल र सुहानाको अभिनयको …

फिल्म ‘लाखे’ का लागि नेपाल आए आर्यन

किम्फमा २८ मुलुकका ६० बढी फिल्म

भारतकी हरनाज कौर संधु भइन् यस वर्षको मिस युनिभर्स

‘भगवानको भैँसी’ले जित्यो सर्वोत्कृष्ट अवार्ड

‘चपली हाइट ३’ दुई साता पछि सर्यो, जाडो महिनामा लगानी नउठ्ने निर्माताको डर !

आजदेखि ‘हिमालयन रोडिज’ प्रसारणमा

प्रतिक्रिया