किम्फमा २८ मुलुकका ६० बढी फिल्म

काठमाडौं- अन्तर्राष्ट्रिय फिल्म महोत्सव (किम्फ) को १९औँ संस्करण गत बिहीबारदेखि राजधानीमा शुरू भएको छ । कोभिड–१९ महामारीको जोखिमले यसपटकको किम्फ हाइब्रिड शैलीमा आयोजना गरिएको छ। हिमाल एसोसियसनद्वारा आयोजित फेस्टिभल चलचित्र विकास बोर्डको अडिटोरियममा शुरू भएको महोत्सव आज सोमबारसम्म चल्नेछ।
फेस्टिभल भारतको लद्दाखका चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले किनोट स्पिचसहित शुभारम्भ गरेका थिए। डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, सर्ट र एनिमेसन फिल्म गरी २८ मुलुकका ६० भन्दा बढी फिल्म आज सोमबारसम्म अनलाइन र प्रत्यक्षरूपमा देखाइनेछ। विश्वभरदेखि दर्शकले सबै फिल्मलाई महोत्सव अवधिभर किम्फ फिल्म फेस्टिभलको पोर्टलमा हेर्न सक्नेछन् । यसपटकको फेस्टिभल क्लाइमेट कर्म मुख्य थिममा चलेको छ । यसपटक जलवायु परिवर्तनका असर चित्रण गरिएका फिल्म, लैंगिक समानता र सशक्तीकरणका सन्देश दिने फिल्म किम्फमा देखाइने भएको छ। फेस्टिभल शुभारम्भ काइली रुडिक निर्देशित १८ मिनेट लामो वृत्तचित्र ड्रिम माउन्टेन प्रिमियरसँगै शुरू भएको थियो। एक बच्चाकी आमा समेत रहेकी नेपाली महिला हिमाल आरोही पासाङ ल्हामु शेर्पाले गरेको संघर्षपूर्ण हिमाल आरोहणको कथा वृत्तचित्रमा थियो।

प्रिमियरका ‘ए मेरो हजुर ४’लाई उत्कृष्ट प्रतिक्रिया, अनमोल र सुहानाको अभिनयको …

मिस नेपाल नम्रतालाई भोट गर्न दीपकराजको अपिल

फिल्म ‘लाखे’ का लागि नेपाल आए आर्यन

भारतकी हरनाज कौर संधु भइन् यस वर्षको मिस युनिभर्स

‘भगवानको भैँसी’ले जित्यो सर्वोत्कृष्ट अवार्ड

‘चपली हाइट ३’ दुई साता पछि सर्यो, जाडो महिनामा लगानी नउठ्ने निर्माताको डर !

आजदेखि ‘हिमालयन रोडिज’ प्रसारणमा

प्रतिक्रिया