भारतकी हरनाज कौर संधु भइन् यस वर्षको मिस युनिभर्स

काठमाडौं- मिस युनिभर्स २०२१ को उपाधि भारतले जितेको छ । भारतकी हरनाज कौर संधुले आज भएको फाइनलमा मिस युनिभर्सको उपाधि जितेकी हुन् । उससँगै भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको छ । यसअघि सन् २००० मा भारतकी लारा दत्ताले मिस युनिभर्सको उपाधि जितेकी थिइन् । त्यसअघि १९९४ मा पनि भारतकी सुस्मिता सेनले मिस युनिभर्सको उपाधि जितेकी थिइन् ।
मिस युनिभर्सको उपाधि जित्ने तेस्रो भारतीय बनेकी २१ वर्षकी हरनाज कौरको जन्म सिख परिवारमा भएको थियो । फिटनेस र योगप्रेमी हरनाजले किशोर अवस्थाबाटै सौन्दर्य प्रतियोगितामा भाग लिन सुरु गरेकी थिइन् । २०१७ मा उनले मिस चण्डीगढको उपाधि जितेकी थिइन् । विगत केही समययता उनी ग्ल्यामर क्षेत्रमा निकै सक्रिय थिइन् ।
हरनाजले ‘यारा दिया पू बरन’ र ‘बाइ जी कुट्टेंगे’ जस्ता पंजाबी गीतमा मोडलिङ पनि गरेकी छिन् । उनले २०१९ मा फेमिना मिस इण्डियामा पनि भाग लिएकी थिइन् । हरनाजको परिवार मोहालीमा बस्छन् । उनले २०१८ मा म्याक्स इमर्जिङ स्टार इण्डियाको उपाधि पनि जितेकी थिइन् । उनले २०१८ मै मिस इण्डिया पंजाबको उपाधि जितेकी थिइन् । त्यस्तै यसै वर्ष उनले मिस डिभा युनिभर्स इण्डियाको उपाधि जितेकी थिइन् ।

प्रिमियरका ‘ए मेरो हजुर ४’लाई उत्कृष्ट प्रतिक्रिया, अनमोल र सुहानाको अभिनयको …

मिस नेपाल नम्रतालाई भोट गर्न दीपकराजको अपिल

फिल्म ‘लाखे’ का लागि नेपाल आए आर्यन

किम्फमा २८ मुलुकका ६० बढी फिल्म

‘भगवानको भैँसी’ले जित्यो सर्वोत्कृष्ट अवार्ड

‘चपली हाइट ३’ दुई साता पछि सर्यो, जाडो महिनामा लगानी नउठ्ने निर्माताको डर !

आजदेखि ‘हिमालयन रोडिज’ प्रसारणमा

प्रतिक्रिया